ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्यले कृषि क्षेत्रमा चासो नदेखाउदा दिनप्रतिदिन युवा जनशक्ति कामको खोजिमा खाडिमूलुकमा (भिडियोसहित)


एबीसी न्यूज

 

काठमाडौं,  ५  माघ ।   मुलुकमा बाख्रापालन व्यबसाय नेपालमा परापूर्ब कालदेखि गरिदै आएको व्यबसाय हो । यो व्यबसाय थोरै लगानीबाट शुरु गर्न सकिन्छ । स्वरोजगार र आय आर्जनको लागी यो व्यबसाय उपयुक्त हुदै आएको छ । बाख्रापालनलाई व्यबसायीकरुपमा पालनगर्दा आय आर्जन गरी घरको आर्थिक स्थिति सुध्रिने हुनाले यस तर्फ कृषकहरुको आर्कषण बढ्दो छ ।

भान्छाबाट खेर जाने पदार्थहरु, र थोरै चरन क्षेत्र हुने हो भने पनि बाख्रा पालन गर्न सकिन्छ । बाख्राको मल मुत्रको प्रयोगबाट खेतवारीमा उत्पादन बृद्धि गर्न सकिन्छ । बाख्राको पोषिलो दुध, खसी बोकाको मासु आदिबाट जीविकोपार्जन गर्न सकिन्छ । हाल बाख्रा पालन व्यावसायमा कृषकहरुको उत्साहा छाएपनि राज्यबाट पाउनु पर्ने सेवा सुविधा कृषकहरु सम्म पुग्न नसकेको गुनासो छ । तथापी विभागबाट सामुहिक बाख्रा पालन कार्यक्रम, पशु आहारा कार्यक्रम, पशु प्रजन्न कार्यक्रम, पशु स्वास्थ्य कार्यक्रम र व्यावस्थापन र बजारीकरण कार्यक्रम मार्फत कृषकहरु बाख्रा पालनमा थप उत्साहित बनेको विभागको दाबि छ ।

थोरै लगानीमा व्यबसाय शुरु गरी स्वरोजगारको थालनी गर्न सकिने यो बाख्रापालन व्यबसाय नेपालमा दिनानुदिन लोकप्रिय हुदै गईरहेको छ । कृषि र्फम दर्ता गरेर सामुहिक बाख्रा पालन देखी व्यक्तिगत बाख्रा पालनले नेपालमा खपत हुन खसी बाख्राको मासुको ठुलो हिस्सा ओगटेको छ । तर अझैपनि मुलुक खसी बाख्राको मासुमा आत्मानिर्भर हुन सकेको छैन ।

भौगोलिक हिसाबले नेपालमा ४ प्रजातिका बाख्रा पालन हुदै आएका छन । तराई बाख्रा, खरी बाख्रा, सिनाल र च्याङग्रा गरी पछिल्लो अध्यन अनुसार नेपालमा १ करोड १७ लाख खसी बाख्रा रहेको छ । नेपालमा खपत हुने मासुको २० प्रतिशत हिस्सा खसी बाख्राले ओगटे पनि विशेषज्ञ डाक्टरहरुको अभाव, उन्नत जातको खसी बाख्राको नश्ल नहुनु र पोषण युक्त डाले घासको विऊको अभाब र तालिम प्रशिक्षणको अभाबले खसी ब्ँँख्ँ्रँ पालनमा समस्या देखीएको छ । तर, व्यवस्थीत खोर, टाकी लगायत पोशिलो डाले घासको प्रयोग गरे राम्रो आम्दानी गर्न सकिने विज्ञको भनाई छ ।

सरकारले कृषकलाई वाख्रा पालनलाई थप उत्साहित वनाउन विमा कार्यक्रम पनि सुरुगरेको छ । जसअन्तरगत सरकारले २५ प्रतिशत प्रिमियम बेहेर्दै आएको छ । तर, प्राविधिक र प्रशिक्षणको अभाबमा कमैले मात्र बिमा सुबिधा पाएका छन् । मृत्यु भएका विमा गरेको खसी बाख्राको विमा रकम उठाउन गाह्र परेको कुषकको गुनासो छ ।

मुलत, नेपाल कृषि प्रधान देश हो । मुलुकमै उत्पादन भएको स्वच्छ र सफा मासुको उच्चतम माग छ । बाख्रा पालनको अथाह सम्भाबना पनि छ । तर, सरकारी स्तरबाट सकारले अघि सारेको कार्यक्रमको समुचित व्यावस्थापन गरेर असली बाख्रा पालक सम्म पुर्याउनु हो भने खसी बाख्राको मासुमा परनिर्भर हुनु पर्दैन । किसानको नाममा स्थानीय तह, प्रदेश ,केन्द्र र सरकारी अधिकारीलाई प्रलोभमा पारी करोडौंको लुट नियन्त्रण गरे स्वदेशमै खसी बाख्राकोमाग बमेजिम मासुकोमाग पुरा हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com