ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७६ को माघि काठमाडौँको टुडिखेलमा बुधबार दुवै समुदायले अलग अलग कार्यक्रम गरी मनाए (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, २ माघ । देश तथा विदेशका थारु समुदायले माघि पर्व तथा मगर समुदायले माघे सकराति पर्व हर्षोल्लास र भव्यताको साथ मनाएका छन् । काठमाडौंमा थारु र मगर समुदायले टुंडिखेलमा दुइ छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर आ–आफ्नो भेषभुषा, संस्कृति तथा परम्परा अनुसार यस पर्वलाई मनाएका छन् । संस्कृतिको जर्गेना, प्रकृति र मानवविचको सम्बन्ध प्रगाढ र चेली र माइतिबीचमा सद्भाव र स्नेहको रुपमा यस पर्वलाई यि समुदायले मनाउँदै आएका छन् ।

माघ १ गते । अर्थात माघे संक्रान्ति । विभिन्न समुदायको आफ्नो मुख्यमुख्य पर्व मनाउने दिन । थारु समुदायले माघी पर्व हर्षोल्लासका साथ मनाएका छन् भने मगर समुदायले माघे संक्रान्ति पर्व भव्यताको साथ मनाएका छन् । दुवै समुदायले यही दिनदेखि आफ्नो नयाँ वर्ष प्रारम्भ भएको मान्दछन् । थारु समुदाय आज बाट थारु सम्वत् २६४४ प्रारम्भ भएको बताउँछ भने मगरले आफ्नो सम्बत् नचलाए पनि आजको दिनदेखि नयाँ वर्ष प्रारम्भ भएको मान्दछन् । काठमाडौँको टुडिखेलमा बुधबार दुवै समुदायले अलग अलग कार्यक्रम गरी आ–आफ्नो चाडपर्व आफ्नै तरिकाले हर्षोल्लास तथा भव्यताको साथ मनाएका छन् ।

थारु समुदायले थारु राष्ट्रिय माघी महोत्सव २०७६ मनाएका हुन् । महोत्सवमा थारु मौलिक परिकारका सयौं स्टल राखिएको थियो भने मौलिक पहिरनमा थारु समुदायको उल्लेख्य सहभागिता रहेको थियो । थारु समुदायले आफ्नो मौलिक परिकारहरु घुङही, हाँसको मासु, परेवाको मासु, सितुवा, माछा, गगँटा, तिलको लड्डु लगायतका विभिन्न परिकार राखेको थियो । यस पर्वलाई संस्कृतिको जगेर्ना गर्ने मिठो मसिनो खाने र दुःख, सुख साटेर रमाइलो गर्ने पर्वको रुपमा मान्ने गरिएको छ ।

थारु समुदायले आजको दिनमा आफ्नो चेलीबेटीलाई अनिवार्य माइतिघर बोलाएर, मान्यजनसँग टिका आशिर्वाद थापेर आजको दिनमा माइति र चेलीको सद्भाव र प्रेम साट्ने गर्छन् । उनीहरुले आजको दिनमा प्रकृति पुजा, जलदेवतालाई पुजाआजा गरेर प्रकृतिप्रति श्रद्धाभाव व्यक्त गर्ने गरिएको थारु समुदाय बताउँछन् ।

त्यसैगरी बुधबारै मगर समुदायले काठमाडौँको टुडिखेलसहित देशभर माघे सकराँति पर्व मनाएको छ । मगर समुदायको माघे संक्रान्ति पर्वसँग धार्मिक सांस्कृतिक र आर्थिक सम्बन्ध रहेको छ । यस दिनमा पितृ पुजा गर्ने, आजको दिनदेखि कुनै शुभ काम गर्ने अथवा आर्थिक विषयसँग जोडिएको काम प्रारम्भ गर्ने र आफ्नो चेलीलाई माइतीले पुजा गर्ने गरिन्छ । यस पर्वदेखि माइति र चेलीविचको आपसी प्रेम, सद्भाव साटीने भएकोले यो पर्वको छुट्टै महत्व रहेको मगर समुदायका व्यक्तित्वहरु बताउँछन् ।

मगर समुदायले यसदिनदेखि नयाँवर्ष प्रारम्भ भएको मान्दछन् । आजको दिनमा आफ्नो मौलिक भेषभुषा, भाषा, मौलिक खानालाई महत्व दिदैँ नयाँ पुस्तालाई समेत आफ्नो रितिरिवाजमा अभ्यस्त गराउँदैछ । आजको दिनदेखि साउने सकरातीसम्म प्रकृतिलाई कुनै हानि नहोस् भनेर यस समुदायले कुनै चर्को बाजा पनि नबजाउने गरेको छ ।

यो दिनमा दुई फरक समुदायले फरक फरक पर्व मनाएपनि सबै समुदायले एक अर्काको चाडमा शुभकामना, शुभेच्छा आदानप्रदान गरेका छन् । दुःखसुख बाडेका छन् र रमाइलोमा साथ दिएका छन् । नेपालमा भएका सबै जातजाति, भाषा, धर्म, संस्कृति, परम्परालाई उत्तिकै आत्मियताका साथ मनाइदैँ आइएको छ । विविधतामा एकता हाम्रो परिचय नै हो । आगामी दिनमा पनि यसरी नै सबै संस्कृतिको जर्गेना गर्दै एकताबद्ध भएर अघि बढौं ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com