ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७६ को माघि काठमाडौँको टुडिखेलमा बुधबार दुवै समुदायले अलग अलग कार्यक्रम गरी मनाए (भिडियोसहित)


एबीसी न्यूज
माघ २, २०७६ बिहीबार  १ : २१ बजे

काठमाडौं, २ माघ । देश तथा विदेशका थारु समुदायले माघि पर्व तथा मगर समुदायले माघे सकराति पर्व हर्षोल्लास र भव्यताको साथ मनाएका छन् । काठमाडौंमा थारु र मगर समुदायले टुंडिखेलमा दुइ छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर आ–आफ्नो भेषभुषा, संस्कृति तथा परम्परा अनुसार यस पर्वलाई मनाएका छन् । संस्कृतिको जर्गेना, प्रकृति र मानवविचको सम्बन्ध प्रगाढ र चेली र माइतिबीचमा सद्भाव र स्नेहको रुपमा यस पर्वलाई यि समुदायले मनाउँदै आएका छन् ।

माघ १ गते । अर्थात माघे संक्रान्ति । विभिन्न समुदायको आफ्नो मुख्यमुख्य पर्व मनाउने दिन । थारु समुदायले माघी पर्व हर्षोल्लासका साथ मनाएका छन् भने मगर समुदायले माघे संक्रान्ति पर्व भव्यताको साथ मनाएका छन् । दुवै समुदायले यही दिनदेखि आफ्नो नयाँ वर्ष प्रारम्भ भएको मान्दछन् । थारु समुदाय आज बाट थारु सम्वत् २६४४ प्रारम्भ भएको बताउँछ भने मगरले आफ्नो सम्बत् नचलाए पनि आजको दिनदेखि नयाँ वर्ष प्रारम्भ भएको मान्दछन् । काठमाडौँको टुडिखेलमा बुधबार दुवै समुदायले अलग अलग कार्यक्रम गरी आ–आफ्नो चाडपर्व आफ्नै तरिकाले हर्षोल्लास तथा भव्यताको साथ मनाएका छन् ।

थारु समुदायले थारु राष्ट्रिय माघी महोत्सव २०७६ मनाएका हुन् । महोत्सवमा थारु मौलिक परिकारका सयौं स्टल राखिएको थियो भने मौलिक पहिरनमा थारु समुदायको उल्लेख्य सहभागिता रहेको थियो । थारु समुदायले आफ्नो मौलिक परिकारहरु घुङही, हाँसको मासु, परेवाको मासु, सितुवा, माछा, गगँटा, तिलको लड्डु लगायतका विभिन्न परिकार राखेको थियो । यस पर्वलाई संस्कृतिको जगेर्ना गर्ने मिठो मसिनो खाने र दुःख, सुख साटेर रमाइलो गर्ने पर्वको रुपमा मान्ने गरिएको छ ।

थारु समुदायले आजको दिनमा आफ्नो चेलीबेटीलाई अनिवार्य माइतिघर बोलाएर, मान्यजनसँग टिका आशिर्वाद थापेर आजको दिनमा माइति र चेलीको सद्भाव र प्रेम साट्ने गर्छन् । उनीहरुले आजको दिनमा प्रकृति पुजा, जलदेवतालाई पुजाआजा गरेर प्रकृतिप्रति श्रद्धाभाव व्यक्त गर्ने गरिएको थारु समुदाय बताउँछन् ।

त्यसैगरी बुधबारै मगर समुदायले काठमाडौँको टुडिखेलसहित देशभर माघे सकराँति पर्व मनाएको छ । मगर समुदायको माघे संक्रान्ति पर्वसँग धार्मिक सांस्कृतिक र आर्थिक सम्बन्ध रहेको छ । यस दिनमा पितृ पुजा गर्ने, आजको दिनदेखि कुनै शुभ काम गर्ने अथवा आर्थिक विषयसँग जोडिएको काम प्रारम्भ गर्ने र आफ्नो चेलीलाई माइतीले पुजा गर्ने गरिन्छ । यस पर्वदेखि माइति र चेलीविचको आपसी प्रेम, सद्भाव साटीने भएकोले यो पर्वको छुट्टै महत्व रहेको मगर समुदायका व्यक्तित्वहरु बताउँछन् ।

मगर समुदायले यसदिनदेखि नयाँवर्ष प्रारम्भ भएको मान्दछन् । आजको दिनमा आफ्नो मौलिक भेषभुषा, भाषा, मौलिक खानालाई महत्व दिदैँ नयाँ पुस्तालाई समेत आफ्नो रितिरिवाजमा अभ्यस्त गराउँदैछ । आजको दिनदेखि साउने सकरातीसम्म प्रकृतिलाई कुनै हानि नहोस् भनेर यस समुदायले कुनै चर्को बाजा पनि नबजाउने गरेको छ ।

यो दिनमा दुई फरक समुदायले फरक फरक पर्व मनाएपनि सबै समुदायले एक अर्काको चाडमा शुभकामना, शुभेच्छा आदानप्रदान गरेका छन् । दुःखसुख बाडेका छन् र रमाइलोमा साथ दिएका छन् । नेपालमा भएका सबै जातजाति, भाषा, धर्म, संस्कृति, परम्परालाई उत्तिकै आत्मियताका साथ मनाइदैँ आइएको छ । विविधतामा एकता हाम्रो परिचय नै हो । आगामी दिनमा पनि यसरी नै सबै संस्कृतिको जर्गेना गर्दै एकताबद्ध भएर अघि बढौं ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

बजेटमा दोस्रो पुस्ता अनिवार्य ः अर्थविद् , नर बहादुर थापा भिडियो

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com