ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा– परराष्ट्रमन्त्री ज्ञवाली


एबीसी न्यूज
माघ १, २०७६ बुधबार  १ : ३७ बजे

काठमाडौं, १ माघ । ‘राष्ट्रिय एकता योगको सान्दर्भिकता’ नारासहित बुधबार योग दिवस मनाइएको छ । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा भएको बताउनुभयो । विज्ञान र प्रविधिको विकास नहुँदा योगको विकास भएको बताउँदै उहाँले यो गौरवपूर्ण परम्परा र सम्पदा भएको बताउनुभयो ।

राष्ट्रिय योग दिवसका अवसरमा राजधानीमा भएको कार्यक्रममा मन्त्री ज्ञवालीले अग्रजहरूले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र धेरै महत्त्वपूर्ण सम्पदा तथा ज्ञान हस्तान्तरण गरेर गएको बताउनुभयो । ‘‘आधुनिक विज्ञान, प्रविधि नभएको बेला, आधुनिक मेडिकल विज्ञानको विकास भएको थिएन । जतिबेला डाइग्नोस्टिक र ट्रिटमेन्टका लागि अहिलेजस्तो सहज सुलभ प्रविधिहरू थिएनन् । हाम्रा अग्रजहरूले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र अरू धेरै महत्त्वपूर्ण सम्पदा र ज्ञान हस्तान्तरण गरेर गए,’ उहाँले भन्नुभययो ।

‘विभिन्न किसिमका तनावलाई ध्यानले कम गर्न सक्छ । प्रभावकारी छ । यो गौरवपूर्ण धरोहरलाई विद्यालय शिक्षसँगै जोडेर जीवनको अभिन्न अंग बनाउनुपर्छ ।’’
सोही कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले योगको माध्यमबाट मान्छेमा सकारात्मक भावनाको विकास हुने बताउनुभयो । विश्वमा एकदिनमा दुर्घटनाबाट ८ जना र १६ जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको बताउँदै उनले योग शिक्षाका माध्यमबाट यसलाई रोक्न सकिने जीकिर गर्नुभयो ।

कार्यक्रममा स्वामी आनन्द अरुणले विश्वमा राजनीतिक र धर्मका कारण झगडा हुने गरेको उल्लेख गर्दै योग र साधनाको माध्यमबाट विश्वलाई एकताबद्ध गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

बजेटमा दोस्रो पुस्ता अनिवार्य ः अर्थविद् , नर बहादुर थापा भिडियो

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com