ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला नेतृत्वको उद्यमशीलता अब्बल बन्दै (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १ माघ ।  देशको राजनीतिक, सामाजिक र आर्थिक लगायत विविध पक्षमा आएको परिवर्तनले महिला उद्यमशिलतामा पनि टेवा पु¥याईरहेको छ । कुनै बेला चुल्हो–चौकोमा मात्रै सीमित रहेपनि पछिल्लो वर्षयता आर्थिक विकासका गतिविधिहरुमा पनि महिलाहरुको सक्रियता बढ्दो छ । घर गृहस्थदेखि व्यापार, व्यवसाय र उद्यमको क्ष्ँेत्रमा महिलाहरुको व्यवस्थापकीय क्षमता पनि अभिवृद्धि भईरहेको छ ।

‘एक कर्मचारी नबन्नुस्, बरु एक रोजगारदाता बन्नुहोस्, यसले नै परिवार, समाज र देशलाई नै आत्मनिर्भर बनाउ“छ’ । स्वरोजगार एवम् उद्यँेग क्षेत्रमा यो भनाई निकै चरितार्थ छ । आर्थिक समृद्धि प्राप्तिका लागि पहिलो चरण भनेकै स्वदेशी उत्पादनको वृद्धि नै हो र निर्यातमुखी अर्थ प्रणालीको विकास गरिनु नै हो । तर भौगोलिक तथा सा“स्कृतिक विविधता मिश्रित प्राकृत रुपमा पनि अनुपम गन्तव्य नेपालको अर्थव्यवस्थाले किन गति लिन सकिरहेको छैन ? देशमा राजनीतिक स्थायीत्व कायम भईरहेको बेला यस विषयमा थप बहसहरु भईरहेका छन् । त्यसो त देशमा अहिले जनसांख्यिक लाभ लिने अवस्था पनि छ ।

तर, कुल जनसंख्याको आधाभन्दा बढि रहेका महिलाहरु आज पनि घरगृहस्थमै आफ्नो जीवन गुजरा गरिरहेका छन् । यहा“सम्म कि, शिक्षित र सक्षम महिलाहरु समेत घरायसी कामकाजमै आफ्नो समय व्यतीत गर्न बाध्य छन् । यसकारण पनि अझै लैङ्गिक समानताको विषय उठिरहेको द्धारिका होटल एण्ड रिसोर्टका अध्यक्ष अम्बिका श्रेष्ठ बताउँछिन् । आफुसँग जे जति छ, आफूले चाहेको क्षेत्रमा नवीन तरिकाले काम सुरु गर्नुपर्ने तर सधैं सरकारलाई दोष मात्रै दिन नहुने श्रेष्ठ बताउंछिन् । यस्ता काममा युवा वर्गलाई प्रोत्साहन गरिनुपर्ने बताउँदै उनले भ्रमण वर्ष २०२० लगायत देशको आर्थिक उन्नतिको लागि सबैले आ–आफ्नो दायित्व बोध गर्न सक्नुपर्ने बताउंछिन् ।

औद्योगिक क्षेत्र तथा समग्र देश विकासका लागि महिलाहरुको सहभागीतामा वृद्धि हुनुपर्ने उद्यमीहरु बताउँछन् । घर व्यवस्थापनको लामो अभ्यास गरिरहेका महिलाहरुले व्यवसाय एवम् उद्योग क्षेत्रमा पनि अब्बल रुपमा व्यवस्थापकीय क्षमताको प्रदर्शन गरिरहेका छन् । महिलाहरुको डिएनएमा मात्रै अब्बल क्षमता हुने एक व्यवसायी बताउँछन् । अझ, समग्र उद्योग क्षेत्रको व्यवस्थापन एवम् विकासका लागि पुरुषको दाँजोमा महिलाहरु अब्बल रहने उद्यमीहरुको बुझाई छ ।

तर, उद्योग एवम् व्यवसायका लागि महिलाहरुमा प्रमुख समस्या पू“जीको रहेको छ । कानुनतः सम्पत्तिमाथी महिलाको हक अहिलेको अवस्थामा सुधारिदो रहेपनि सन्तोषजनक छैन । तथापि घर, समाज र देशको समग्र आर्थिक विकासका लागि महिला र पुरुष दुवैको उत्तिकै सहभागिता एवम् सक्रियता आवश्यक छ ।

समृद्ध नेपाल निर्माणका लागि देशमा अधिकतम उत्पादन एवम् निर्यातमुखी अर्थतन्त्रको विकास हुन सक्नुपर्छ । स्वदेशी स्रोत, साधनको अध्ययन र पहिचान गरी त्यसको अत्याधिक उपभोग राज्यले गर्न सक्नुपर्दछ । यसका लागि विशेषतः युवालाई आकर्षण गर्दै उद्योगमैत्री वातावरणको सिर्जना गर्न सके सुखी नेपालीको परिकल्पनाले सार्थकता पाउला ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com