ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दियाको गुलरिया नगरपालिकाको सार्वजनिक जमिन अतिक्रमणमा (भिडियोसहित)


एबीसी न्यूज
माघ १, २०७६ बुधबार  १२ : २५ बजे

बर्दिया , १ माघ ।   बर्दियाको सवैभन्दा जेठो नगरपालिका गुलरिया नगरपालिकाको कार्यालयसँगै जोडिएको खाली जमिनमा काम नलाग्ने सामान राखीरहदा त्यस स्थानमा हुने सार्वजनिक कार्यक्रम लगायत अन्य काम प्रभावित बनेको छ । नगरपालिकाले हुलाकी राजमार्ग र शहरी सघन कार्यक्रमअन्तर्गत बाटो निर्माण भैरहदा त्यसबाट निस्किएको सामान व्यवस्थापन गर्न नसक्दा कार्यालय कुरुप बनेको हो ।

नगरपालिकाको आफनै स्वामित्वमा रहको खाली जमिनमा विभिन्न सार्वजनिक कार्यक्रम, आमसभा लगायत दैवि बिपदका बेला उद्धार गरेर मानिसहरु राखिने गरिदै आएको थियो । तर विगत केहि महिनादेखि नगरपालिकाले त्यस क्षेत्रमा काम नलाग्ने सामान राखेका कारण नगर नै कुरुप देखिएको हो । स्थानियवासीले यस विषयमा बारम्वार कुरा उठाउदा पनि नगरपालिकाले व्यवास्ता गर्ने गरेको छ ।

एकातिर नगरपालिकाले शहरबाट निस्किएको फोहरको व्यवस्थापन गर्न सकेको छैन भने अर्कोतिर सार्वजनिक स्थानमा अव्यवस्थित सामग्रीहरु थुपारेर राखिएको छ । जसका कारण, शहरको अशोभनिय देखिएको स्थानीय बासिन्दा सुशीलकुमार लामिछाने बताउँछन् ।

नगरपालिकाले आफ्ना भएका सरचनालाई संरक्षण गर्न नसक्नु नै दुःखद पक्ष हो । नगरक्षेत्रमा विभिन्न समयमा भैरहने सांस्कृतिक कार्यक्रम होस वा अन्य औपचारिक कार्यक्रम गर्दा त्यस क्षेत्रबाट नगरपालिकाले कर समेत उठाउदै आएको थियो । नगरपालिकाले आफनो स्वामित्वमा रहेको जमिनलाई नयाँ काममा ल्याउन नसके पनि भएको जमिनलाई संरक्षण गर्न नसक्नुमा स्थानीय जनप्रतिनिधिको लापरवाहि देखिन्छ । आफनो स्वामित्वमा रहेको जमिनलाई नगरपालिकाले सदुपयोग गर्नुपर्ने साथै त्यस क्षेत्रमा रहेका ढुगा, माटो, दाउरा, विद्युतका पोल तत्काल हटाएर सरसफाई गर्नुपर्ने स्थानियवासीको माग रहेको छ ।

२०५२ सालमा स्थापना भएको गुलरिया नगरपालिसगै रहेको यो जमिन त्यसभन्दा अघि धरम भकारीको रुपमा रहेको थियो । राणाकाल देखि नै त्यसलाई धरम भकारी नामाकरण गरी विपद परेको बेला भेला हुने स्थानमा रुपमा चिनिन्थ्यो । अहिले बजारको माटो, इटटा, ढुगा, विद्युतको पोल, दाउराले भरिदा यो स्थान कुरुप जस्तै बनेको छ । गुलरिया नगरपालिकाले भने नियम अनुसार व्यवस्थापन गर्ने जनाएको छ ।

गुलरिया नगरपालिकाले बजारको बाटो विस्तार गर्दा त्यसबाट निस्कीएको ढुगा, इटटा, माटो, दाउरा र विद्युतको पोलको चाडै व्यवस्थापन गर्नुपर्ने देखिन्छ । हो भौतिक काम गर्दा निस्किएका नचाहिने सामग्री तत्काल व्यवस्थापन गर्न कहिं न कहीं स्थान आवश्यक पर्छ । तर, लामोसमयसम्म इतिहास बोकेको स्थानलाई बेवारिसे जस्तो बनाउनु कत्ति पनि राम्रो हुन सक्दैन । त्यसैले यो ठाउँलाई तत्काल सफा गरी बालउद्यान वा कुनै सार्वजनिक स्थल बनाएर संरक्षण गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

बजेटमा दोस्रो पुस्ता अनिवार्य ः अर्थविद् , नर बहादुर थापा भिडियो

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com