ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकमा लगानीको वातावरण बनेसंगै बिदेशी लगानीकर्ताको आकर्षण बढ्यो (भिडियोसहित)


एबीसी न्यूज


काठमाडौ, २८ पुस । लगानीमैत्री औद्योगिक व्यवसाय बिधेयक, कम्पनी ऐन, बिदेशी लगानी तथा प्रबिधी हस्तान्तरण नियमावली जस्ता नितिगत प्रक्रियाकै कारण देशमा आर्थिक सुचाङ्कहरुमा सुधार देखिने क्रम सुरु भएको छ । लगानीको वातावरण बढेसंगै बिदेशी लगानीको प्रतिवद्धता बढ्दो छ भने औद्योगिक पुर्वधारले समेत तिब्रता पाएसंगै उद्योग मन्त्रायलले आफनो प्रगती र भावी योजना प्रस्तुत गरेको छ ।

गत मंसिर ४ गते उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रायलको जिम्मेवारी सम्हालेका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले मन्त्रायलबाट भएको अहिलेसम्म प्रगती र भावी कार्ययोजना प्रस्तुत गरेका छन् ।

आइतबार मन्त्रालयममै उद्योग वाणिज्य र आपुर्तिका सचिवमार्फत मन्त्रालयले अहिलेसम्म गरेको प्रगती र .भावी कार्ययोजना सार्वजनिक गरेका हुन । नया“ सरकार गठनसंगै मन्त्रायलले लगानी प्रर्वद्धन, औधोगिक पुर्वधार खनिज र खानीजन्य, बैदेशिक व्यपार लगायको बिषयमा उल्लेखिय प्रगती भएको जनाएको हो । औद्योगिक पुर्वधारमा आर्थिक क्षेत्रको निमार्ण सम्पन्न भइ ५ वटा उद्योग समेत सञ्चालन आइसकेको र त्यसमध्ये ३ वटाले उत्पादन सुरुगरी बिदेश निर्यात समेत गरेको जनाइएको छ ।

यस्तै मन्त्रायलले पछिल्लो एक दशक वार्षिक औषत २० दशमलव ४ प्रतिशतले बढ्नु तथा व्यापार घाटा आर्थिक आर्थिक वर्षको ५ महिनामा अघिल्लो वर्षको तुलनामा ६ दशमलव ३ प्रतिशतले घट्नुलाई प्रगतीको बिषय भएको बताएको छ । व्यापार घाटा न्युनिकरणको लागि सरकारले अनावश्यक बस्तुहरुको आयातमा कडाई गर्दा आयात घटेको र निर्यात २७ प्रतिशतले बृद्धि भएको जनाएको छ ।

यस्तै मन्त्रीमरिषदले निर्णय गरेको ३२ वटा औद्योगगिक ग्रामको पुर्वधार निमार्ण र बिकासको लागि १५ दिन भित्र प्रति स्थानि तहमा ९२ लाख को दरले रकम निकाशा गर्न लागिएको जनाएको छ । ढुंगा, गिट्टी बालुवा जस्ता निमार्ण जन्य कच्चा प्रदार्थको नदि जन्य स्रोतहरुको मात्र रहेको निर्भरलाई कम गर्न खानी तथा भूगर्भबिभागले उत्खननका लागि १४ जिल्लामा रहेको ९१ वटा खानीहरुको सञ्चालनको लागि निजि क्षेत्रको संलग्नता गराउने गरी बोलपत्र आवाहान गर्न तयारी भइरहेको पनि जनाईएको छ ।

नेपाल व्यापार एकीकृत रणनितिले पहिचान गरेका बस्तु बाहेक ठुला मात्रामा निर्यात हनु सक्ने बस्तुको तीन महिनाभित्र पहिचाना.गरी प्रवद्र्धनमा जोड दिने भावी योजनामा उल्लेख गरिएको छ । बिभिन्न बस्तुमा लाग्ने भन्सार महसुल पुनरावलोकन गर्न अर्थमन्त्रालसंग समन्वय गर्नुको साथै बजार अनुगमन नया ढग र शैलीबाट नियमति प्रत्रियाको रुपमा अगाडी बढ्ने योजना समेत ल्याएको छ ।

लामो समयदेखि बिभिन्न समस्याको कारण उद्योग व्यवसायमा प्रतिकुल प्रभाव परिहेको थियो । तर सरकारले निजि क्षेत्रसंग सहकार्य गरी लगनी प्रवद्र्धनमा जोड दिएसंगै बिस्तारै लगानीको वातावरण बन्दै गएको छ । सरकारले स्वदेशी तथा बिदेशी लगानीकर्तामा व्यापार व्यवसायमा सहजताका लागि नितिगत प्रक्रियाको साथै प्रवद्र्धन गर्न थालेपछि बिस्तारै औद्योगिक क्षेत्रमा परिर्वतनका संकेत देखिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com