ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरमा खुर्पा नचाउँदै हिडेका रामबहादुरले प्रहरीसहित चार जनालाई हाने


एबीसी न्यूज

भक्तपुर,२७ पुस । भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन र दोकोचामा एक व्यक्तिको खुर्पा प्रहारबाट दुई प्रहरीसहित चारजना घाइते भएका छन् । जाजरकोटको नलगाढ नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर विकले शनिबार साँझ खुर्पा प्रहार गर्दै हिँड्दा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१० घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ४५ वर्षीया राजमती ज्याकिबन्जार घाइते भएका छन् ।

त्यसैगरी महानगरीय प्रहरी प्रभाग व्यासीमा कार्यरत प्रहरी हबल्दार जितेन्द्रप्रसाद यादव र प्रहरी जवान टोलबहादुर श्रेष्ठसमेत खुर्पा प्रहारबाट घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले आज जानकारी दिनुभयो ।

खुर्पा प्रहार गरी भाग्दै गरेका विकलाई दोकोचामा प्रहरीले नियन्त्रणमा लिने क्रममा खुर्पा प्रहार गर्दा बा२झ १८५ नंको प्रहरीको सिआरभी भ्यानको सिसा फुट्नाका साथै सञ्चार सेटमा समेत क्षति पुगेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो ।

घाइते थापाको मध्यपुर अस्पतालबाट थप उपचारका लागि छाउनीस्थित सैनिक अस्पतालमा पठाएपछि त्यहाँ उपचार भइरहेको र ज्याकिबन्जारको मध्यपुर अस्पतालमा उपचार भइरहेको गोलेले जानकारी दिनुभयो । विकलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com