काठमाडौं, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजूट भएर अघि बढ्न अपिल गर्नुभएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सो अपिल गर्नुभएको हो ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन आज ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, नेपाल राज्यको एकीकरणमा हाम्रा पूर्खाहरुको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।
प्रधानमन्त्री ओलीले थप्नुभएको छ, ‘नेपाल राष्ट्रको यश अभिबृद्धि, विकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजूट भएर अघि बढ्न सबैमा काहार्दिक आह्वान गर्दछु ।’
प्रतिक्रिया दिनुहोस्