ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ३ को राजधानी ‘हेटौडा’ र नाम ‘बागमती’ कायम


एबीसी न्यूज
पुस २७, २०७६ आईतबार  ११ : ३७ बजे


हेटौडा, २७   पुस ।  प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौडा र नाम बागमती कायम भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकले प्रदेशको नाम र राजधानी कायम गर्ने प्रस्वाव दुई तिहाइ बहुमतले पारित गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौडा कायम गरियोस पेश गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । उक्त प्रस्तावमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले समर्थन गर्नुभयो । सांसदहरु रिता माझि र रिना गुरुङले प्रस्तावको समर्थन गर्नुभएको थियो ।

प्रदेशको राजधानी हेटौडा राख्ने पक्षमा १०५ मत खसेको थियो । विशेकशील साझा पार्टीका तीन जनाले प्रस्तावको विपक्षमा मतदान गरेका थिए भने सभामुखले सानु कुमार श्रेष्ठले मतदान गर्नुभएन् । स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले प्रकृयामा भाग नै लिनु भएन् ।

प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँले प्रदेश ३ को नामाकरण बागमती कायम गरियोस भनी पेश गर्नुभएको प्रस्ताव पनि पारित गरेको छ । बानियाँले प्रस्ताव गरेको उक्त नाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामेश्वर फुयाल, राप्रपाकी रिता माझी र रिना गुरुङ, विवेकसील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्यले समर्थन गर्नुभएको थियो ।

नाम बागमती राख्ने प्रस्तावको पक्षमा १०८ मत परेको थियो । विपक्षमा मतदान नै भएन् । नामका विषयमा विवेकशील साझा पार्टी सहमत भएपनि राजधानीका विषयमा भने फरक प्रस्ताव दर्ता गरेको थियो । साझाले प्रदेशको राजधानी धुलिखेल प्रस्ताव गरेको थियो उक्त प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com