जनकपुर , २२ पुस। जनकपुर उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरुमाथि कुटपिट भएको छ । मेयर लाक किशोर साहकै नेतृत्वमा पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र, देशसञ्चार संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकात्न ठाकुुरसहित १२ जना जति पत्रकारहरुमाथि कुटपिट भएको हो ।
कुटपिटबाट कान्तिपुर दैनिकका संवाददाता ठाकुरलाई गम्भिर चोट लागेको छ । मेयर र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेका थिए । ‘पत्रकारहरु मेयरको भनाई लिन उनको चेम्वरमा गएका थियौँ, अचानक आक्रमण भयो, मलाई पनि हेल्मेटले चोट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्