ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभा निर्वाचन: सातै प्रदेशमा कसको मत कति ?


एबीसी न्यूज
पुस २१, २०७६ सोमबार  ४ : ५६ बजे

काठमाडौं, २१ पुस  ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको राष्ट्रिय सभा सदस्य संख्या घट्ने भएको छ। प्रदेश २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजपासँग गठबन्धन गरेपछि कांग्रेसका सात सदस्य घट्ने भएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९ जना, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजनाको फागुन २० मा दुई वर्षे कार्यकाल पूरा हुँदैछ। महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्य समूहबाट सात जना राष्ट्रिय सभाका लागि छानिँदैछन्।

मतभारका आधारमा कहाँ, को निर्वाचित हुँदैछन्

प्रदेश १
प्रदेश १ मा कांग्रेस सांसद सरिता प्रसाईको कार्यकाल सकिँदैछ। सत्तारुढ नेकपाका दुई सांसदको प्रदेश १ बाट कार्यावधि सकिन लागेको छ। हरिचरण शिवाकोटी र खेमराज नेपालीका स्थानमा नेकपाले नयाँ अनुहारलाई स्थान दिने भएको छ।कांग्रेसले दलितबाट निरबहादुर विश्वकर्मा, महिलामा मिना पुलामी मगर र अन्यबाट राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको छ। सत्तारुढ दलबाट महिलामा इन्दु गौतम, दलितमा गोपी अछामी र अन्यमा देवेन्द्र दाहालले प्रतिस्पर्धा गर्दैछन्। समाजवादी पार्टीले पनि प्रदेश १ मा उम्मेदवारी दिएको छ। समाजवादीबाट भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुन छन्।

गत निर्वाचनमा प्राप्त सिट संख्याका आधारमा निर्वाचित हुने भएकाले प्रदेश १ मा सत्तारुढ दलको स्पष्ट बहुमत पुगेको छ। स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ र प्रदेश सभा सदस्यको ४८ मतभारका आधारमा प्रदेश ३ का तीनै सदस्य नेकपाको पोल्टामा पर्नेछन्।

नेकपाको मतभार ६ हजार २२८ छ। कांग्रेसको मतभार १ एक हजार ७२८ छ। समाजवादीको तीन प्रदेश सदस्य छन्। त्यस अनुसार समाजवादीको मतसंख्या १४४ हुन्छ। प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका २७४ गरी ३ सय ६७ मतदाता छन्।

प्रदेश २

प्रदेश २ मा सत्तारुढ दलले राजपासँग र कांग्रेसले समाजवादीसँग गठबन्धन बनाएका छन्। कांग्रेसबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेकी मुक्ताकुमारी यादवको कार्यकाल सकिन लागेको छ। राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादवको कार्यकाल सकिँदैछ भने समाजवादीका रामप्रित पासवानको समय सकिन लागेको छ। राष्ट्रिय सभामा प्रदेश २ बाट चार जना निर्वाचित हुँदैछन्।

महिलाबाट नगिना यादव र अल्पसंख्यक/अपाङ्गताबाट भोला पन्जियारलाई कांग्रेसले उम्मेदवार बनाएको छ। कांग्रेससँग सहकार्य गरेको समाजवादीले प्रदेश २ मा रामप्रित पासवान र अनिरुद्रसिंह यादवलाई उम्मेदवार बनाएको छ। पासवानलाई समाजवादीले दोहोर्‍याएको हो।

सत्तारुढ दल नेकपाले महिलाबाट तुलसा दाहाल र दलितमा राधेश्याम पासवानलाई अघि सारेको छ। राजपाले यस प्रदेशमा मृगेन्द्रसिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाएको छ।

प्रदेश २ मा नेकपाको मतभार ३ हजार १५० छ। कांग्रेस र समाजवादीको ४ हजार ६८० छ। यस प्रदेशमा समाजवादीको २ हजार ३१० मत छ। सत्तारुढ दलले राजपासँग सहकार्य गरेकाले उक्त गठबन्धनको पक्षमा राजपाको २ हजार १९० सहित ५ हजार ३४० छ। राजपा र नेकपाको सहकार्यले ती दुई दलका उम्मेदवारको पक्षमा बहुमत पुग्ने देखिएको छ। उक्त प्रदेशमा प्रदेशसभा सदस्यको संख्या १ सय ७ तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको कूल संख्या २ सय ७२ छ ।

प्रदेश ३

प्रदेश ३ मा कांग्रेसकी धनकुमारी खतिवडाको कार्यकाल सकिन लागेको छ। सत्तारुढ नेकपाबाट बलराम बास्कोटा बिदा हुँदैछन्।

प्रदेश ३ मा कांग्रेसले हरिशरण श्रेष्ठलाई अन्य र छलीकुमारी शर्मा उपाध्यायलाई महिलाबाट उम्मेदवार बनाएको छ। कांग्रेस उम्मेदवारसँग महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल नेकपाबाट भिड्दैछन्।

प्रदेश ३ मा मतभार कांग्रेसको २ हजार २१४ र ६ हजार ८७६ छ। यस प्रदेशमा स्थानीय तहको संख्या १ सय १९ रहेकाले स्थानीय तहबाट २ सय ३८ जना र प्रदेशसभा सदस्य ११० गरी ३४८ जना कूल मतदाता छन्।

मतभारका आधारमा कांग्रेसभन्दा नेकपा धेरै माथि रहेकाले महिलाबाट बेलबासे र अन्यबाट उम्मेदवारी दिएका नेकपा स्थायी समिति सदस्य भुसालको जीत निश्चित छ।

गण्डकी प्रदेश

कांग्रेस सांसद सुरेन्द्रराज पाण्डे र विन्दादेवी आलेको कार्यकाल पुरा हुँदैछ। दुई उम्मेदवारका लागि हुने निर्वाचनमा कांग्रेसले अन्यबाट सूर्यप्रसाद रेग्मी र महिलाबाट विमला गौचनलाई उम्मेदवार बनाएको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेसका उम्मेदवार रेग्मीसँग प्रतिस्पर्धा गर्नेछन भने गौचनले नेकपाकी उम्मेदवार भगवती न्यौपानेसँग प्रतिस्पर्धा गर्नेछिन्।

प्रदेश ४ मा कांग्रेसको २ हजार १७८ मतभार छ। नेकपाको ३ हजार ३४८ छ। गण्डकीबाट कार्यकाल सकिएका कांग्रेसका दुवै पद गुम्ने भएको छ। प्रदेशसभा सदस्य ६० र स्थानीय तहका १७० गरी कूल मतदाताको संख्या २३० छन् ।

प्रदेश ५

कांग्रेसबाट प्रदेश ५ बाट दुर्गाप्रसाद उपाध्याय बाहिरिन लागेका छन्। नेकपाबाट मीना बुढा र राजकुमार कुँवर पनि राष्ट्रिय सभाबाट बाहिरिन लागेका छन्।बा लकृष्ण पाण्डेलाई अन्यबाट, गिरिजा न्यौपानेलाई महिलाबाट र मेराज हलवाईलाई अल्पसंख्यक÷अपाङ्गताबाट कांग्रेसले उम्मेदवार बनाएको छ। प्रदेश ५ नेकपाबाट महिलामा विमला घिमिरे, अन्यमा गोपाल भट्टराई र अपाङ्गमा जगप्रसाद भट्टराई उम्मेदवार बनेका छन्। समाजवादीले समेत उम्मेदवार बनाएको छ। समाजवादीबाट कृष्णप्रसाद यादव उम्मेदवार बनेका छन्।

प्रदेश ५ बाट खाली हुने ३ पदमा समेत नेकपाका उम्मेदवार विजयी हुने देखिएको छ। यस प्रदेशमा कांग्रेसको २ हजार ६४, समाजवादीको ९६ र नेकपाको ५ हजार २८६ छ। कांग्रेसभन्दा दोब्बर बढी मत रहेकाले नेकपाका तीन प्रदेश सदस्य यहाँबाट निर्वाचित हुनेछन्। प्रदेश ५ मा प्रदेश सदस्यको संख्या ६० तथा स्थानीय तहबाट २ सय १८ गरी कुल ३ सय ५ मतदाता छन् ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशबाट नेकपाका युटोल तामाङ र कालीबहादुर मल्ल राष्ट्रिय सभाबाट बाहिरिने भएका छन्। यहाँ कांग्रेसले डिल्लीराम पाठक र सावित्री पौडेललाई उम्मेदवार बनाएको छ भने नेकपाले मायाप्रसाद शर्मा र सुनिता विसीलाई उम्मेदवार बनाएको छ।
दुई जनाका लागि हुने निर्वाचनमा नेकपा नै हाबी देखिएको छ। कांग्रेसको भन्दा नेकपाको मत झण्डै छ गुणा बढी छ। कांग्रेसको १ हजार २६ मत हुँदा नेकपाको ६ हजार १८ छ। प्रदेशसभा सदस्य ४० र स्थानीय तहका १ सय ५८ गरी कूल १ सय ९८ मतदाता छन्। गण्डकी प्रदेशका दुबै उम्मेदवार नेकपाका विजयी हुने निश्चित छ।

सुदूरपश्चिम प्रदेश

कांग्रेसका बद्री पाण्डे र नेकपाकी कमलाकुमारी ओलीको राष्ट्रिय सभा पदावधि सकिएको छ। खाली दुईको स्थानमा कांग्रेसले प्रताप ठगुन्ना र तुलसी देवकोटालाई उम्मेदवार बनाएको छ। नेकपाले तारामान स्वाँर र शारदा भट्टलाई चुनावी मैदानमा उतारेको छ।

कांग्रेसले सुदूपश्चिमबाट राष्ट्रिय सभाबाट बाहिरिएका पाण्डेको स्थानमा प्रताप ठगुन्नालाई विजयी गराउन सम्भव देखिँदैन। कांग्रेसको पक्षमा १ हजार ९०८ छ भने नेकपाको ३ हजार ७०८ मत छ। प्रदेशसभा सदस्यको संख्या ५३ र स्थानीय तहबाट मतदाता हुने संख्या १७६ छन्। यस प्रदेशमा स्थानीय तहको संख्या ८८ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com