ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले आज चिनियाँ संस्कृति र सभ्यताको प्रदर्शनी


एबीसी न्यूज
पुस २०, २०७६ आईतबार  ७ : ३८ बजे

काठमाडौं, २० पुस । दैनिक उपभोग्य वस्तु खरिद बिक्रीका लागि धेरै मानिसको भीड छ, भीडलाई अटाउन सक्ने क्षमता राख्ने हाट बजार छ । विभिन्न सामग्री किनबेचका लागि सर्वसाधारण अभ्यस्त देखिन्छन् । चिनियाँ कम्युनिष्ट पार्टीका नेता याङ युआन सिंगले खिँचेका तस्वीरले चिनियाँ संस्कृति र सभ्यताबारे ज्ञानार्जन गर्न सकिन्छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले आज पहिलो पटक कलङ्कीस्थित लर्निङ रियल्म इन्र्टनेशनल ९एलआरआई० विद्यालयमा गरिएको उक्त प्रदर्शनीमा ३० तस्विर समावेश गरिएका छन् । ‘सिल्क रोड राष्ट्रअन्तर्गत युवा अन्तरराष्ट्रिय तस्वीर प्रतियागिता नेपाल डिभिजन’ नाम दिइएको उक्त प्रदर्शनीले चिनियाँ अर्थव्यवस्थालाई सिल्क रोडभित्रका देश तथा अन्य मुलुकलाई एकापसमा जोड्ने र लाभ आदानप्रदान गर्ने सन्देश दिएको छ ।

युआन सिंग चीन आर्ट फोटोग्राफी सोसाइटीका अध्यक्ष समेत हुनुहुन्छ । भौगोलिक पृथकतालाई पनि तोडी जोडिएका देशलाई फाईदा पु¥याउने र सम्बन्धित क्षेत्रका सभ्यताको विकास र प्रगतिलाई प्रवद्र्धन गर्न ‘बेल्ट एण्ड रोड’ को भूमिका छ । यस अवधारणाले यातायातको सञ्जाल विस्तार, व्यापार, पूर्वाधारका साथै सम्बन्धित देशका जनताबीचको सम्बन्धलाई पनि गाढा बनाउने छ ।

चीन नेपाल मिडिया एशोसिएशन, एलआरआई र साइनो नेपाल कल्चरल एण्ड टुरिज्म प्रमोशन सोसाइटीको समन्वयमा गरिएको उक्त कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रदर्शनीमार्फत नेपाल र चीन दुई मुलुकको सम्बन्धलाई जनस्तरबाट प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विगतमा चिनियाँ भिक्षुले नेपालमा गरेका भ्रमणले बौद्ध दर्शन र साहित्यको विकासमा योगदान पुगेको स्मरण गर्दै उहाँले भन्नुभयो, “चिनियाँ समाजको अध्ययन, त्यहाँको जनताको मेहेनत र अनुशासनलाई हामिले अनुशरण गर्नुपर्छ, चिनियाँ कम्युनिष्ट साहित्यको अध्ययन तथा माओत्सेतुङ्को आदर्शलाई अवलम्बन गर्ने क्रममा धेरै नेपाली कम्युनिष्ट भएका छन्, समाजवादी राष्ट्र निर्माणका साथै आफ्ना उत्पादनलाई विश्व बजारमा आपूर्ति गर्न चीनको मानक अग्रस्थानमा पर्दछ ।”

सन् २०१३ मा चिनियाँ राष्ट्रपति सि चीन पिङ्ले ‘सिल्क रोड आर्थिक बेल्ट’ र ‘२१ औँ शताब्दी सामुन्द्रिक सिल्क रोड’ प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावले दुई राष्ट्रको गहिरो सम्बन्धलाई थप सहयोग र मित्रता कायम गरी एकापसमा मिल्ने र खुसी तथा शान्तिमय जीवनका सिर्जना हुने विश्वास गरिएको छ । नेता युआन सिंगले दुई देशको सदियौ पूरानो सम्बन्ध रहेको बताउँदै ती जनताबीच सांस्कृतिक आदान प्रदान गरी शिक्षा र साझेदारीको विकासमा प्रदर्शनीले सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो ।

प्रदर्शनीमा राखिएका उहाँका तस्विरमा प्रकृति, संस्कृति, जनजीवन, चिनियाँ सभ्यतालाई सहजै अध्ययन गर्न सकिन्छ । विद्यालयका संस्थापक अध्यक्ष शिवराज पन्तले करीब एक हजार ३०० वर्ष अघि सोङचोङ गोम्पोको समयावधिदेखि नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान शुरु भए पनि छिमेकी राष्ट्रका ठूला नेताले आफ्नो तस्विर नेपालमा यसरी प्रदर्शन गरेको ऐतिहासिक विषय भएको बताउनुभयो ।

एक दिवशिय उक्त प्रदर्शनी एक महिनासम्म देशका विभिन्न विद्यालय, पर्यटकीय क्षेत्र, सार्वजनिक स्थलमा प्रदर्शन गरी पर्यटन क्षेत्रको अभिवृद्धि गर्ने योजना छ । नेपालस्थित चिनियाँ दूतावासका राजनीतिक परामर्शदाता वाङ स्याओ लोङले कलाका माध्यमबाट नेपालको लामो इतिहास, विविध संस्कृति र सुन्दर दृश्यलाई प्रचार गरी पर्यटकलाई आकर्षित गर्ने उल्लेख गर्नुभयो ।

विद्यालयका प्राचार्य डा। देवकान्त जोशीले एउटा तस्विरले ऐतिहासिक क्षणको स्मरण गराई हजार शब्दको बिम्ब तथा अभिव्यक्ति दिनसक्ने हुँदा प्रदर्शनीले दुबै देशको मित्रतालाई अझै निकट बनाउने विचार व्यक्त गर्नुभयो । साइनो नेपाल कल्चरल एण्ड टुरिज्म प्रमोशन सोसाइटीका अध्यक्ष धु्रव पौडेलले दुबै देशको कला, साहित्य, संस्कृति तथा भाषालाई एकापसमा प्रवद्र्धन गर्न आफ्नो संस्था क्रियाशील रहेको जानकारी गराउनुभयो ।

तत्कालीन प्रेस चौतारीका पूर्व अध्यक्ष गगन विष्टले प्रदर्शनीको अवलोकनपछि चिनियाँ जीवनशैलीका साथै त्यहाँको शिष्टता तथा सभ्यतालाई राम्रोसँग प्रस्तुत गरिएकाले त्यहाँका धेरै विषयलाई बुझ्न सकिने बताउनुभयो । विद्यालयका विद्यार्थीले दुबै मुलुकको भाषामा गीत गाएर सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com