काठमाडौ । प्राकृतिक चिकित्सा तथा योगा हस्पिटल एसोसियसनको अध्यक्षमा सुर्दशन बस्नेत बिजयी हुनु भएको छ ।
देशै भरी संचालित प्राकृतिक चिकित्सा तथा योग अस्पताल संचालकहरुको शनिबार सम्पन्न भेलाबाट सुस्वास्थ्य अस्पतालका बस्नेत अध्यक्षमा चयन हुनु भएको हो ।

यस्तै बरिष्ठ उपाध्यक्षमा डा. जनक बहादुर बस्नेत, उपाध्यक्षमा डा. रबिन श्रेष्ठ, प्रदेश उपाध्यक्षमा जनस्तरबाट संञ्चालिन सामुदायिक प्राकृति चिकित्सालयका प्रवन्धक हरि सापकोटा, खुल्लातर्फको उपाध्यक्ष डा. दिपा पाण्डे निर्वाचित हुनु भएको छ । भेलाबाट महासचिवमा रुपेश अधिकारी र कोषाध्यक्षमा डा. आनन्द गैरे निर्वाचित हुनु भएको छ ।
यस्तै एसोयियसनको सदस्यहरुमा डा. क्षितित बाराकोटी, डा. आयुषा अधिकारी, नमिता न्यौपाने, धुब्र घिमिरे , सरस्वती पन्थी भूषाल, शिव पौडेल बिजयी हुनु भएको छ ।

नवनिर्वाचित पदाधिकारीहरुले प्राकृतिक चिकित्सा क्षेत्रलाई नेपालको स्थापित उपचार पद्धतिको रुपमा बिकास गर्ने प्रतिवद्धता जनाएका छन । नवुनियुक्त कार्यसमितीले प्रकृतिक चिकित्सा विधालाई स्थापित र एउटा उचाई प्रदान गर्न एक वर्ष भित्र साधारणसभा गर्ने निर्णय समेत गरेको छ ।








प्रतिक्रिया दिनुहोस्