एजेन्सी, १९ पुस । इराकमा इरानका शक्तिशाली कमाण्डर जनरल कासिम सुलेमानीलाई मारेपछि पनि अमेरिकाले आफ्नो अप्रेशनलाई जारी राखेको छ।
सुलेमानी मारेको एक दिनपछि शनिबार अमेरिकाले हवाई हमला गरेको छ। समाचार एजेन्सी एएनआईका अनुसार अमेरिकाले इराकमा आफ्नो दोस्रो हवाई हमलामा फेरि एक कमाण्डरलाई मारेको छ। पछिल्लो अमेरिकी हवाई हमलामा मारिनेमा इरान समर्थक मिलिशिया हशद अल शाबी रहेको बताइएको छ।
इराकी सेनाको स्रोतलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाए अनुसार अमेरिकाले यस पटक उत्तरी बगदादमा इराकी मिलिशियालाई निशाना बनाएको हो। सेनाका तीन मध्ये दुईवटा गाडी हवाई हमलामा परेका छन्। छ जनाको ज्यान गएको छ। स्थानीय समय दिउँसो १स्१२ बजे भएको हो।
प्रतिक्रिया दिनुहोस्