
काठमाडौँ, १८ पुस । नेपाल एयरलाइन्सको जहाज अवतणको लागि कोटेश्वर हुँदै विमानस्थलमा आएर पनि अतवरण गर्न नसकेको हो । त्रिभुवन विमानस्थलमा अवतरणको लागि ४७०० फिटको उचाईमा झरेको जहाज बालकुमारी माथिको आकाशमा आईपुग्दा समेत धावनमार्ग प्रष्ट देख्न नसकेपछि पुनः उचाई बढाउँदै काठमाडौं उपत्यकालाई एक फन्को मार्दै नयाँदिल्लीतर्फ डाईभर्ट भएको हो ।
खराव मौषमका कारण जहाजहरु डाईभर्ट तथा होल्ड हुँदा ठूलो रकम आर्थिक क्षति हुने गर्दछ ।
उता, आजै नेपालगन्जबाट उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि विराटनगर पुगेर अवरतण गरेको छ । काठमाडौंमा अवतरण गर्न बारामाथिको आकाशमा एक घण्टाभन्दा बढि समय होल्ड हुँदा समेत अवतरण गर्न नसकेपछि विराटनगर पुगेको छ । काठमाडौं आउनु पर्ने यात्रुहरु विराटनगर पुगेपछि यात्रुहरुको मृत्युको अनुभव भन्दै सामाजिक सञ्जाल भरेका छन् ।
त्यस्तै शुक्रबार नै काठमाडौं आउने यात्रुहरु तीन घण्टा बारामाथिको आकाशमा फन्को मार्न लगाएर कोलकत्ता डाईभर्ट गरिएको कतार एयरमा सवार यात्रुको प्रतिक्रिया आउन बाँकी नै छ । नेपाल भ्रमण वर्षको सुरुवातमा हवाई क्षेत्रमा भएको डरलाग्दो अवस्थापछि पर्यटक आगमन के होला ? प्रश्न उब्जिएको छ ।








प्रतिक्रिया दिनुहोस्