ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्टपति सीको नव वर्षको शुभकामना सन्देश : देशप्रेमी भावनाबाट हाम्रो आँखामा आँसु भरिएको छ (पूर्णपाठ)


एबीसी न्यूज

काठमाडौं, १५  पुस। नयाँ वर्ष २०२० को पूर्व सन्ध्यामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाइना मिडिया ग्रुप र इन्टरनेटमार्फत नयाँ वर्षको शुभकामना सन्देश दिनुभएको छ।

कमरेडहरु, साथीहरु, महिला तथा सजनवृद:

सन् २०२० हुन लागेको छ। चीनको राजधानी पैचिङबाट म तपाईंहरुलाई नव वर्षको मंगलमय शुभकामना व्यक्त गर्छु।

सन् २०१९ मा हामीले धेरै मेहनत गरी फड्को मार्ने प्रगति हासिल गरी अघि बढेका छौँ। गुणस्तरीय विकास स्थिरताका साथ अघि बढेको छ, चीनको कूल गार्हस्थ उत्पादन मात्रा एक हजार खर्ब चिनियाँ युआन पुग्ने अनुमान छ साथै प्रतिव्यक्ति सरदर गार्हस्थ उत्पादन मात्रा दश हजार अमेरिकी डलर पुग्नेछ।

तीनवटा अप्ठ्यारो महाकाममा निर्णायक प्रगति हासिल भएको छ। पैचिङ, थेन चिन र ह पैको एकीकृत विकास, याङ सी नदी क्षेत्रको आर्थिक क्षेत्रको विकास, क्वाङ तुङ, हङकङ र मकाउ बीचको विशाल खाडी क्षेत्रको निर्माण, याङ सी नदी त्रिकोण क्षेत्रको एकीकृत विकासमा तीब्र गतिले हुनुका साथै ह्वाङ ह अर्थात पहेंलो नदी क्षेत्रको पर्यावरणको संरक्षण तथा त्यसको गुणस्तरीय विकास राष्ट्रिय रणनीति बनेको छ। चीनका करिब ३४० वटा विपन्न जिल्ला गरिब अवस्थाबाट मुक्त भएका छन् भने एक करोड भन्दा बढी व्यक्ति गरिब अवस्थाबाट उकासिएका छन्। छाङ अ चार नम्बर को डिटेक्टरले मानवको इतिहासमा पहिलो पटक चन्द्रको पछाडि अवतरण गरेको छ। लङमार्च पाँच नम्बरको क्यारियर रकेटको सफलताका साथ प्रक्षेपण गरिएको छ।

हिम ड्रागन दुई नम्बरको वरफ फोड्ने प्रविधियुक्त जहाजले पहिलो पटक दक्षिणी ध्रुवको यात्रा गरेको छ। पैतौ नेभिगेटरको विश्वव्यापी सञ्जालको निर्माण निर्णायक अवधिमा प्रवेश भएको छ। फाइभ जीको व्यापारिक उपयोगका लागि गतिशीलताका साथ निर्माण भएको छ। पैचिङको ता सिङ अन्तर्राष्ट्रिय विमानस्थलको रुप फिनिक्स जस्तै छ। यी उपलव्धिहरु नयाँ युगमा चिनियाँहरुको अथक प्रयाससँग घनिष्ट सम्बन्ध रहेका छन्। जसले उत्कृष्ट चिनियाँ छवि तथा चिनियाँ शक्ति अभिव्यक्त गरेको छ।

बिगत एक वर्षमा सुधार तथा खुलापनले निरन्तर रुपमा विकासको प्रेरक शक्ति जन्माएको छ। चिनियाँ कम्युनिष्ट पार्टी तथा राष्ट्रका संस्थाहरुको सुधार सफलताका साथ सम्पन्न भएको छ। एक चरणको स्वतन्त्र व्यापार क्षेत्रको परीक्षण क्षेत्र तथा शाङहाई स्वतन्त्र व्यापार क्षेत्रको परीक्षण क्षेत्रको नयाँ क्षेत्र थपिएको छ। शेयर बजारमा विज्ञान तथा प्रविधिको आविश्कार सम्बन्धी सूचि सुचारु रुपमा शुरु भएको छ। कर घटाइने कूल रकम २० खर्ब चिनियाँ युआन भन्दा बढी पुगेको छ।

व्यक्तिगत आयमाथि उठाइने करको न्युनतम विन्दु बढेको छ। सर्वसाधारणका लागि प्रचलित धेरै औषधिको मूल्य घटेको छ। सञ्जालको गति छिटो हुनुका साथै त्यसको खर्च घटेको छ। फोहोरलाई विभिन्न प्रकारमा विभाजन गरिएको कुरा कम कार्बनयुक्त नयाँ चलन बनेको छ। “आधारभूत निकायहरुको झण्झटलाई घटाइएको कुराले” आधारभूत निकायमा कार्यरत कर्मचारीहरुलाई हलुका बनाएको छ। चीनको जताततै नयाँ परिवर्तन तथा नयाँ छवि देखिन्छ।

बिगत एक वर्षमा राष्ट्रिय प्रतिरक्षा तथा सेनाको सुधार स्थिरताका साथ अघि बढेको छ भने जनमुक्ति सेनाले नयाँ युगमा शक्तिशाली सेनाको छविको प्रदर्शन गरेको छ। हामीले राष्ट्रिय दिवसमा भव्य सैन्य परेडको आयोजना गरेर नौ सेना र वायु सेनाको स्थापनाको सत्तरीऔं वार्षिकोत्सवका उपलक्ष्यमा कार्यक्रमको आयोजना गर्‍यौँ। सातौं विश्व सैनिक खेलकुदको पनि आयोजना गरेका छौँ। चीनबाट उत्पादित पहिलो विमानवाहक जहाज औपचारिक रुपमा संचालनमा आएको छ। जनमुक्ति सेना मातृभूमिको रक्षा गर्ने स्थायी बलियो ग्रेटवाल हो। राष्ट्रको रक्षक बफादारी सैनिकहरुको सलाम गरौँ।

सन् २०१९ मा सबैभन्दा बढी सम्झना भएको कुरा जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वर्ष भव्यताका साथ मनाइएको हो। हामीले नयाँ चीनको ७० वर्षमा हासिल भएको उत्कृष्ट उपलव्धिका लागि ताली बजाउनुका साथै देशभक्तबाट निस्केको शक्तिप्रति हामी प्रभावित छौँ। सैन्य परेडको वर्गाकारहरु समूह शानदार रहेका छन् भने सर्वसाधारणको प्रदर्शन उत्साहित भएका छन्। थेन आन मन चोक खुसीयाली समुद्र बनेको छ। चिनियाँहरुले रातो रङगको भव्य पोशोक पहिरेका छन् भने चिनियाँहरुको अनुहारमा आत्मगौरवको मुस्कान देखिएको छ। “म र मेरो मातृभूमि” शीर्षकको गीत चीनको जताततै सुन्न पाइन्छ। देशप्रेमी भावनाबाट हाम्रो आँखामा आँसु भरिएको छ भने देशप्रेमी भावनाले चिनियाँ राष्ट्रको मेरुदण्ड बनेको छ। तिनीहरुले नयाँ चीनको सम्मान गर्ने तथा नयाँ युगका लागि प्रयास गर्दै अघि बढ्ने प्रवाह बनाउनुका साथै हामीलाई विशाल शक्ति दिएका छन्।

गएको वर्षमा मैले धेरै ठाउँ घुमेको छु। श्युङ आन नयाँ क्षेत्रको परिकल्पना चित्र जस्तै फैलिएको छ, थेन चिन बन्दरगाह उत्थान भएको छ, पैचिङ शहरको उप केन्द्र जीवन्त शक्ति भरिएको छ, भित्री मंगोलियाको घाँसे मैदान शानदार एवं सुन्दर छ, हजारौँ वर्ष पूरानो ह सी कोरिडर अझ नयाँ देखिन्छ, पहेँलो नदी निकै शानदार छ, ह्वाङ फु नदीका दुई किनारामा प्रशस्त स्रोत छन् भने त्यहाँका बासिन्दाहरुको आम्दानी पनि सन्तोषजनक छ। चीनका विभिन्न ठाउँहरुमा समृद्ध दृश्य देखिन्छ। चीनको क्रान्तिको प्रक्रिया बमोजिम घुमेर मैले प्रारम्भिक इच्छा प्राप्त गरेको छु। मैले च्याङ सी प्रान्तको यु तुमा रहेको लाल सेना लङमार्चको शुरुवात विन्दुदेखि ह नान प्रान्तको सिन जिल्लाको हु पै, ह नान ,आन ह्वैको सोभियत क्षेत्रमा रहेको राजधानी क्रान्तिकारी संग्रहालयसम्म घुमेको, कान सु प्रान्तको काउ थाई सी स्थल सेनाको सम्झना स्मारकदेखि पैचिङको श्याङ शान पहाडको क्रान्तिकारी स्मृति स्थलसम्म घुमेको छु। हरेक ठाउँबाट म प्रभावित भएँ। प्रारम्भिक इच्छा तथा जिम्मेवारी नयाँ युगमा लङमार्चको यात्रा राम्रोसँग गर्नका लागि अथक प्रेरक शक्ति हुन्।

म पहिले जस्तै छु, व्यस्तताको बुवजुदमा होस् मैले साधारण चिनियाँहरुकहाँ भ्रमण गरेको छु। उनीहरुले मसँग हृदयदेखिका धेरै कुराहरु बोलेको मैले सम्झना गरेको छु। युन नान प्रान्तक

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com