ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनमन्त्रीको कर्मचारीलाई कडा चेतावनी– हडतालबाट क्षति भए संलग्नबाटै क्षतिपूर्ति भराउँछौं


एबीसी न्यूज
पुस १५, २०७६ मंगलबार  १ : ०० बजे

काठमाडौं, १५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै गतिविधि भए त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्राधिकरण कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले प्राधिकरण विभाजन गर्ने निर्णयविरुद्ध कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिनुभएको हो । त्यसको जवाफमा मन्त्री भट्टराईले त्यस्ता आन्दोलनबाट क्षति भए संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिनुभयो । ‘छलफल गरौं, कति घन्टा बस्ने हो म तयार छु । मलाइ तर्कबाट कन्भिन्स गराउनुस्, तालाबन्दीबाट म कन्भिन्स हुन्न’, आन्दोलनको धम्कीबाट आक्रोसित बन्नुभएका मन्त्री भट्टराईले अगाडि भन्नुभयो , ‘स्थापना दिवसकै दिन केको बन्द हड्ताल ? यदि कसैले सार्वजनिक सम्पत्तिमा क्षति गर्छ भने त्यसमा संलग्नबाटै क्षतिपूर्ति तिराइनेछ ।’

मन्त्री भट्टराईले क्षतिपूर्ति भराउने नीति कार्यान्वयनमा आएको स्मरण गराउँदै विकास र सिर्जनामा लाग्न निर्देशन दिनुभयो । ‘बन्द, हड्ताल र आन्दोलन इतिहास भइसकेको छ । यो विकासको कुरा गर्ने समय हो’, बन्द हडतालबाट आफू वाक्कदिक्क भएको उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो ।
अहिलेसम्म कर्मचारीको प्राधिकरण फुटाउन नहुने मतबाट आफू कन्भिस नभएको र कन्भिन्स गरे विधेयक रोक्ने मन्त्री भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com