ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भ्रमण वर्ष २०२० ले मुलुक तात्यो तर पूर्वाधारका समस्या मुख्य चुनौति (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १५  पुस। यतिबेला भ्रमण वर्षको महोल चुलिदो छ । मौसम चिसो छ, तर भ्रमण वर्षको रौनकताले मौसम नै तातेको छ । २० लाख पर्यटक ल्याउने उदघोषसहितको राष्ट्रिय अभियानले मुलुकभित्र मात्रै होइन,बारिह पनि उत्तिकै छ । आवस्यक पूर्वाधर बन्दोबस्तको समस्या नभएका त होइनन्, तर सरकार पर्यटन क्षेत्रमा गुणात्मक फड्को मार्ने दुस्साहासका साथ भ्रमण वर्षको अभियानमा जुटेको छ । सातै प्रदेश जिल्ला स्थानीय तह सबै सबैतिर भ्रमण वर्षको माहोल निकै गर्मा गर्मी छ ।

अंगे्रजी वर्ष २०२० को पहिलो दिन जनवरी १, पर्यटन क्षेत्रको ऐतिहासिक औपचारिक दिन हो । समृद्धिको सपनाको आधार पर्यटनबाटै संभव देखेको राज्य यतिबेला विदेशी पाहुनाको स्वागत गर्न निकै आतूर छ । पूर्वाधार र बन्दोबस्तका यावत समस्या नभएका पनि होइनन् । तर विदेशी पाहुनालाई समस्याको बीचमा पनि आतिथ्यता दिने सरकारी योजना हो

भ्रमण वर्षका लागि सरकारले ६१ करोड ७४ लाख बजेट विनियोजन समेत गरेको छ । मुल आयोजक समिति, प्रदेश पर्यटन प्रवद्र्धन समिति हुर्दै जिल्ला र स्थानीय तहमा संयन्त्र समेत बनाएको छ सरकारले । राष्ट्रिय पर्वको रुपमा मनाउने महत्वकांक्षी सपना देखेको सरकारले आवस्यक सबै तयारी सकेको छ । प्रचाारात्मक हिसाबले सबै तयारी गरेको सरकारका अगाडि पूर्वाधार र बन्दोबस्त समस्या नै छ । यद्यपी सरकारले सागको जस्तै भव्य तयारी भएको दाबी छ ।

भ्रमण वष मनाउने सन्दर्भमा सरकार एक कदम अघि बढेर दशक वर्षको रणनीतिमा जुटेको छ । सन २०३० सम्ममा एक करोड विदेशी पर्यटक भित्र्याउने उद्घोष गर्दै सरकारले थप महत्व दिएको छ । सरकारको भनाई अनुसार नेपाल भ्रमण २०२० अन्तिम होइन, यो भ्रमण वर्ष दशकको शुरुवाती हो । दशक वर्षको शुरुवातीको रुपमा लिएको भ्रमण वर्ष २०२०को औपचारिक कार्यक्रम देशभर तहगत रुपमा तय भएका छन् । संघीय सरकारले दशरथ रंगशालामा औपचारिक उद्घाटन गर्ने भएको छ । राष्ट्रपतिबाट उद्घाटन र प्रधानमन्त्रीबाट सम्बोधन हुनेछ ।

त्यसैगरि प्रदेश १ ले विराटनगरको शहीद मैदानमा भव्य उद्घाटन गर्ने तयारी छ ।समारोहमा प्रदेश १ का विभिन्न कला र संस्कृति प्रस्तुति गरिनेछ । प्रदेश १ ले भ्रमण वर्षमा ५ लाख पर्यटक भित्र्याउने योजना छ । त्यर्सैगरि प्रदेश २ को उद्घाटन जनकपुर धाममा हुने भएको छ । प्रदेश २ ले विभिन्न कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको औपचारिक सुरुवात गर्दैछ । त्यस्तै प्रदेश ३ ले चितवनको सैराहमा हुने कार्यक्र छ ।

प्रदेश ३ सरकारले सीमा नाकामा स्वागत गर्ने तयारी गरेको छ ।

त्यस्तै गण्डकी प्रदेश सरकारले पोखरामा विशेष कार्यक्रम उद्घाटन तय गरेको छ ।प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि पोखरामा विशेष कार्यक्रम गर्दैछ । त्यस्तै प्रदेश ५ सरकारले लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘लुम्बिनी भ्रमण वर्ष’ घोषणा समेत गरेको छ ।विशेष कार्यक्रम गरी भ्रमण वर्षको उद्घाटन गर्दैछ ।
उता एक लाख पर्यटक भित्र्याउने लक्ष्य सहित कर्णाली प्रदेश जुटेको छ । कार्यक्रममा कर्णालीका १० वटै जिल्लाका सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ ।

त्यसैगरि सुदूरपश्चिम प्रदेशले धनगढीमा रहेकोे संघीय प्रहरी इकाई मैदानमा कार्यक्रम गदैछ । कार्यक्रम सुदूरपश्चिमको कला र संस्कृतिक झाँकी प्रदर्शन हुनेछ । सीमाना नाकाबाट भित्रिने पर्यटकलाई स्वागत गरिने छ यसरी भ्रमण वर्ष मनाउने सरकारी तयारी जति अवसरको रुपमा । यत्ति २० लाख पर्यटक भित्र्याउने र बसाइ अवधि १४ दिन र खर्च ६५ अमेरिकी खर्च औसत पुराउने मुख्य चुनौति छ । करोडौ खर्च गरेको सरकारले भ्रमण वर्षले औसतमा पर्यटक भित्र्याउन नसक्ने हो कि भन्ने चिन्ता जिवितै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com