ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषणका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै (भिडियोसहित)


एबीसी न्यूज
पुस १४, २०७६ सोमबार  ११ : ०३ बजे


काठमाडौं, १४ पुस । वायु प्रदषुण दिनप्रति बढ्दो छ , वायु प्रदुषणले स्वास प्रश्वासलगायत स्वास्थमा बिभिन्न खालका समस्या बढीरहेको छ । जसका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ । उपचारका लागि औषधी मात्र गुणस्तर नभइ हामी बाच्ने वातावरण पनि स्वच्छ हुनु जरुरी रहेको विज्ञहरु बताउछन् ।

काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषणका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ । वायु प्रदुषणले गर्दा स्वास्थ्यमा विभन्न समस्या देखा परिरहेका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार शहरी क्षेत्रमा २५ माइक्रोग्रामभन्दा बढी धुलो हुनु हुदैन तर काठमाडौंमा भने चार गुणाको हाराहारीमा वायु प्रदुषण बढिसकेको छ । धुलोका कण मानव स्वास्थ्यको दृष्टिकोणले सबैभन्दा हानिकारक मानिन्छन् । यी कणहरू श्वासप्रश्वास नली हुंदै फोक्सोसम्म पुग्नसक्छ । फोक्सोबाट रक्तसञ्चार प्रणालीको माध्यमबाट शरीरको विभिन्न भागमा फैलिएर मुटु फोक्सो, तथा अन्य स्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउनुका साथै अन्य संक्रमण पनि गराउने बिज्ञहरू बताउंछन् ।

उपत्यकामा वायु प्रदुषणको इतिहास धेरै लामो छैन । केहि दशक अघिसम्म पनि हराभरायुक्त काठमाडौं उपत्यकामा हावापानी धेरै राम्रो मानिन्थ्यो । तर, सडक सञ्जालहरुको विकास सवारी साधनहरुको प्रयोग बढ्दो जनघनत्व, अव्यवस्थित शहरीकरणले उपत्यकामा वायुप्रदूष बढीरहेको छ । गाउघरमा दाउराको प्रयोगले घरभित्रै प्रदुषण बढ्ने गर्छ भने सहरमा जताततै फोहोर, अव्यवस्थित ढल र धूलो धुवाले गर्दा वायु प्रदुषण बढीरहेको छ ।

उपचारका लागि औषधी मात्र गुणस्तर खोजेर हिड्ने की वातावरण पनि स्वस्थ राख्ने त भन्दै पछिल्लो समय केहि अभियन्ताहरु खानेपानी र सरफाइका क्षेत्रमा जनचेतनामुलक कार्यक्रममा लागेका छन् । पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री गणेश शाहका अनुसार हामीले खाने गरेको पानी र हामिले लिने अक्सिजनकै कारण हाम्रो आयु लम्बिने र छोटिने निर्भर हुन्छ । स्वच्छ खानेपानी र वातावरण सरसफाइ ध्यान दिए आधाभन्दा बढि रोगलाई जित्न सकिन्छ ।

घरबाट निस्कने फोहोभन्दा अस्पतालजन्य फोहोर बढि हानिकारक हुन्छ । कतिपय अस्पतालले फोहोर व्यवस्थापन गरेका छन् भने कतिपय अस्पतालले फाहोरको उचित व्यवस्थापन गरेको देखिदैन । उपत्यकाका सडकमा हिड्ने जो कोही पनि धुलो धुवाको मारमा परेका छन् । दिनभरि गाडीको धुवा र सडकबाट आएको धुलोले सँझ घर पुग्दा घाटी दुख्ने, खोकी लाग्ने, आंखामा असर हुने, छालामा एर्लजीलगाएत स्वास्थ्यमा गम्भीर समस्याले गर्दा आम मानिस हैरान छन् ।

तर सरोकारवाला निकाय भने स्वास्थ र वातावरण क्षेत्रमा लगानी भइरहेको र रिजल्ट राम्रो रेहेको दाबी गर्न छोड्दैनन् । बायु प्रदुषण नियन्त्रणका लागि तत्कालिन, अल्पकालीन र दीर्घकालीन रणनीति निर्माण गर्नुपर्छ । उद्योगधन्दाबाट आउने प्रदुषण नियन्त्रणका लागि मापदण्ड बनाइ कडाइका साथ लागू गर्नुपर्छ । जनचेतना अभिबृद्धि गर्ने , प्रत्येक घरपरिवारले प्रदुषण नियन्त्रणका लागि आफ्नो जिम्मेवारी बोध हुने गरी उनीहरूको संलग्नता अनिवार्य गर्ने ब्यवस्था मिलाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com