ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा भ्रमण वर्ष २०२० को काउन्डाउन सुरु, तयारी भने यस्तो ( भिडियोसहित)


एबीसी न्यूज
पुस १४, २०७६ सोमबार  १० : ३८ बजे

काठमाडौं, १४ पुस । नेपालमा भ्रमण वर्ष २०२० को काउन्डाउन सुरु भएको छ । भ्रमण वर्ष उदघाटन कार्यक्रमको औपचारिक दिन आउन केही बांकी छ । सरकारले २० लाख पर्यटक भित्र्यउन भन्दै प्रचारात्मक अभियानमा जुटेको छ । भ्रमण वर्ष सफल बनाउने उदघोष गर्दै कस्सिएको सरकारले आवस्यक पूर्वाधारमा ध्यान पर्याप्त दिन सकेको छैन ।

२० लाख पर्यटन भित्राउने भन्दै सरकारले विभिन्न सरोकारवालासंग छलफल चलाएको मात्रै छैन । विभिन्न समितिमार्फत देश व्यापी अभियानमा सरकार जुटेको छ । राष्ट्रिय मात्रै होइन, अन्तराष्ट्रिय फोरममा समेत भ्रमण वर्षको कार्यक्रममा सरकार सक्रिय देखिएको छ । सन २०११ को पर्यटन वर्षमा सरकारले १० लाख पर्यटक भित्र्याउने प्रक्षेपण गरेको थियो । सरकारी प्रक्षेपणले लक्ष्य हासिल गर्न सकेन । ७ लाख ३६ हजार पर्यटकले नेपाल भ्रमण गरेका हुन् । सन २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउन भन्दै विविध कार्यक्रम गर्दै आएको छ । पर्यटनको लागि गन्तव्य, पहुच र बन्दोबस्त मुख्य पक्ष हुन् । तर, प्रचारमा सरकार जति सक्रिय देखिएपनि पूर्वाधारको प्रश्न टाउको दुखाइको विषय छ ।
बन्दाबस्तको क्षमता सरकारी प्रतिवेदन अनुसार १२ लाख पर्यटकको भनिएपनि निजी क्षेत्रले २५ लाख पर्यटकलाई होटेल हस्पिटालिटीको सेवा दिन सक्षम रहेको दाबी गरेका छन् ।
नयां एक सय गन्तव्यका लागि समेत प्रतिगन्तव्य १ करोडका दरले खर्च गरेको छ । स्थानीय सरकारको भरमा पूर्वाधारमा नयां गन्तव्यमा पनि सन्तोषजनक काम हुन नसकेको तीतो अनुभव छ । यद्यपी सरकारले भौतिक पुर्वधारलाई जोड दिए जस्तो देखिन्छ । तर सहज र सुविधा भने कठिन छ । नेपाल विश्वमा घुम्नुपर्ने देश भित्र टप टेनमै परेको छ ।

नेपालमा ६ सय भन्दा बढी नदीनाला, ८ वटा अग्ला हिमाल बिश्व प्रसिद्ध छन । पर्यटकीय विविधतालेसमेत नेपालको प्राकृतिक सौन्दर्यको वयान गर्ने शब्दहरु निकै कम छन । भ्रमण वर्ष सुरुहुन केहिदिन बाकि रहदा काम भने सुस्त गतिमा छ । एउटा महोत्सवकै रुपमा भ्रमण वर्ष मनाउनु पर्ने भएतापनि भ्रमणवर्षले अपेक्षा गरे अनुसार लक्ष्य हासिल गर्न गाहो छ । तर, सरकारले लक्ष्य हासिल गर्ने दाबी गर्दै आएको छ । दश वर्षमा एक करोड विदेशी पर्यटक भित्र्याउने सरकारी महत्वकांक्षी लक्ष्य छ ।

नेपाल आउने धेरै पर्यटकको पहिलो गन्तव्य हो काठमाडौ । काठमाडौमा धरै पर्यटकले भोक्दै अँएको समस्या हो धुवा, धुलो, फोहोर । जसको कारण पर्यटकहरुलाई पहिलो प्रभाव नै नेपाल प्रति नकरात्मक पर्न जाने निश्चित छ । २० लाख पर्यटन नेपालमा ल्याउने उदेश्यका लागि घोषणा गरिएको भ्रमण वर्ष सुरु गरेपनि पर्यटकिय क्षेत्रको वातावरणकामा ध्यान दिन सकेको छौन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com