काठमाडौं, १३ पुस । प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द विप्लव समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो प्रदर्शनीमार्गबाट प्रहरीले एकै पटक १३ जनालाई पक्राउ गरेको हो । एउटा सार्वजनिक कार्यक्रम गर्ने तयारी गर्न लागेका विप्लव समूहका कार्यकर्तालाई प्रहरीले एकै पटक पक्राउ गरेको हो । विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा सीमा अतिक्रमण विरुद्ध प्रदर्शन गर्न लागिएको जानकारी पाएपछि प्रहरी टोली पुगेको थियो ।
कालापानी, लिपुलेकलगायतका भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा विप्लव समुह वि रोधमा उत्रिएको हो । प्रदर्शनको तयारी भइरहेको बेला प्रहरीले उनीहरुलाई प क्राउ गरेको जनाएको हो । पक्राउ परेकाहरुलाई भ्यानमा राखेर पुलिस क्लबमा लगिएको छ।
प्रतिक्रिया दिनुहोस्