
काठमाडौं, १३ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ३ नम्बरको प्रदेशको नाम वागमति नै राख्न सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३ नम्बरको प्रदेशको नाम वागमति नै राख्न सिफारिस गरेको हो । बैठकमा नया सभामुखका प्रस्तावित उम्मेदवारबारे पनि छलफल भएको थियो ।
उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखमा नया“ अनुहार पठाउने योजना बनाएको छ । सभामुखका सम्भावित उम्मेदवारका रूपमा सुवास नेम्वाङ, अग्नि सापकोटा, पम्पा भुसाल, देव गुरुङलगायतको नाम चर्चा छ । नेकपाले सभामुख चुन्न नसक्दा नेकपाको काम कारबाही प्रभावित भइरहेको छ । अमेरिकी सरकारबाट प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे पनि आजको बैठकमा छलफल भएको नेताहरूले बताएका छन् ।
यसअघि बसेको स्थायी समिति बैठकले यसबारे टुंगो लगाउन नसकेपछि यसको अन्तिम गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो । यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्