काठमाडौं, १० पुस । डिसेम्बर २६ (आज पुस १० गते ) माओत्सेतुङको १२६ औँ जन्म जयन्ती हो । आधुनिक चीनका संस्थापक नेता माओलाई चीनमा मात्र होइन, संसारभरका कम्युनिस्टले श्रद्धा र आस्थाले आज माओ–त्सेतुङको जन्म दिवस, माओवादीहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै
आधुनिक चीनका संस्थापक नेता माओलाई चीनमा मात्र होइन, संसारभरका कम्युनिस्टले श्रद्धा र आस्थाले हेर्छन् । सन् १८९३ डिसेम्बर २६ मा जन्मिएका माओको मृत्यु सन् १९७६ सेप्टेम्बर ९ मा भएको हो ।
माओको जन्म जयन्तीको अवशरमा विभिन्न कम्युनिष्ट घटकले विभिन्न कार्यक्रमगरी मनाउँदैछन । चिनियाँ नयाँ जनवादी क्रान्तिका नेता माओ–त्सेतुङको जन्मदिनको अवसरमा संसारभरका कम्युनिष्ट पार्टीहरुले यो दिवस मनाउने गरेका छन । नेकपाले विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।
नेपालमा माओकै पथप्रदर्शक सिद्धान्तमा आधारित भएर तत्कालिन विद्रोही नेकपा माओवादीले दशवर्षसम्म राज्य विरुद्ध शसस्त्र संघर्ष गरेको थियो । संघर्षकै बलमा तत्कालिन विद्रोही नेकपा माओवादी र तत्कालिन सात राजनीतिक दलको आन्दोलनले नेपालबाट राजतन्त्रको अन्त्य भएको थियो ।
प्रतिक्रिया दिनुहोस्