काठमाडौं, ९ पुस । मकवानपुरको बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको सीमा क्षेत्रमा ठूलो आगोको मुस्लो देखिएको छ । बकैया गाउँपालिका– १२ र मकवानपुर गढी गाउँपालिका– ७ को सिमानामा झन्डै एक घण्टा अगाडि आगोको मुस्लो देखिएको हो ।
उनले मुस्लो देखिएको स्थानमा हवाईजहाज खसेको आशंकामा इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ ।
यसैबीच नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले नेपालमा रहेका आन्तरिक विमान र नेपालको टावरसँग सम्पर्कमा आएका कुनै पनि विदेशी विमानसँग सम्पर्क विच्छेद नभएको जानकारी दिएका छन्
प्रतिक्रिया दिनुहोस्