जनकपुर , ९ पुस । जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा व्यवस्थापन पक्षको कमजोरी तथा आन्तरिक किचलोका कारण उपचारमा आउने बिरामीको संख्यामा कमी आएको छ । अस्पतालको ब्यवस्थापन पक्षमा देखिएको खिचातानीको प्रत्यक्ष असर बिरामीमा देखिएको छ ।
अस्पतालका यन्त्र, भौतिक संरचनादेखि व्यवस्थापकीय दृष्टिकोणले धारासायी हुँदै गईरहेको बेला अस्पताल परिसर बाहिर चश्मा तथा औषधीका व्यवसायीहरु जानकी आँखा अस्पताल सुधार संघर्ष समिति गठन गरेर आन्दोलित बनेका छन् ।
संघर्ष समितिले अस्पतालमा दक्ष मेडिकल डाइरेक्टर नभएकै कारण अस्पताल दिन प्रतिदिन धारासायी बन्दै गएको आरोप लगाएको छ । समितिका अध्यक्ष श्यामसुन्दर झाले जानकी आखाँ अस्पतालको मेडिकल डाइरेक्टर एमडी हुनुपर्ने प्रावधान रहेपनि डिप्लोमा मात्रै योग्यता रहेका हेमशंकर झा आफ्नो सोर्सको आधारमा कयौं वर्षदेखि मेडिकल डाइरेक्टर पोस्टमा रहँदै आएको आरोप लगाए ।
यता, मेडिकल डाइरेक्टर झाले आफूमाथि संघर्ष समितिले लगाएको सम्पूर्ण आरोपहरु निराधार रहेको बताउ“छन् । उनले आफू मेडिकल डाइरेक्टर बन्नका लागि पैरवी नगरेको बरु व्यवस्थापन समितिले नै पटक पटक आफूलाई आग्रह गरेको र आफू कन्ट्रयाक्टको आधारमा अस्पताललाई सेवा प्रदान गर्दै आएको प्रतिक्रिया दिए ।
अस्पताल प्रशासनले बिरामी जाँच गराउनका लागि आउनेहरुको क्रम नघटेको दावी गर्छ । जानकी आँखा अस्पतालका कायम मुकायम प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद सिंहले अस्पतालमा दैनिक ५ देखि ६ सयसम्म बिरामीहरुले सेवा लिदै आएको जानकारी दिए ।
जानकी आँखा अस्पतालमा नेपाली मात्र होइन कयौं भारतिय बिरामीहरु पनि आ“खा जाँच गराउन आउने गरेका छन् । सन् १९८२ मा स्थापना भएको यस अस्पतालमा अहिले सम्ममा २१ लाख ७४ हजार ६ सय ५ बिरामीले सेवा लिई सकेका छन् । जसमध्ये २० लाख ३ हजार १ सय ६८ जनाले ओपिडी र १ लाख ७१ हजार ४ सय ३७ जनाले शल्यक्रिया गराएइ सकेका छन् । सन् २०१७ मा १ लाख १३ हजार ३ सय २३ जना, सन २०१८ मा १ लाख २२ हजार ३ सय ९७ र सन २०१९ मा १ लाख १४ हजार ४ सय ८० जनाले सेवा लिएका छन् । संघर्ष समितिका अध्यक्ष झाका अनुसार अस्पतालमै अब्थालमिक एसिस्टेण्ट रहेका चिकित्सकहरुले नै अस्पतालकै नाउँमा निजि क्लिनक संचालन गर्दै आईरहेको आरोप लगाउ“छन् ।
उनीहरुले आफ्नो निजि क्लिनीकमा समेत आँखा अस्पतालकै लेटर प्याडको प्रयोग गर्दै आईरहेको उनको आरोप छ । यस आरोपलाई सहजै स्वीकार गर्दै मेडिकल डाइरेक्टर झाले समस्या समाधानका लागि छिटै पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । जानकी आ“खा अस्पतालले आपप्ना ब्यवस्थापकिय कमजोरीलाई सच्चाएर बिरामीलाई सेवा दिन भने जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्