ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनलाइनमार्फत अश्लिल हर्कत गर्ने, अनलाइन जुवा खेलाउनेदेखि बैंक ह्याकिङ्मा संलग्न चिनियाँ गर्न पक्राउ तीन महिना


एबीसी न्यूज
पुस ८, २०७६ मंगलबार  ८ : ५२ बजे

काठमाडौं, ८ पुस ।   प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रबाट सोमबार १२२ जना चिनियाँ नागरिक पक्राउ ग¥यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई कोठमाडौँको विभन्न क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरु संस्थागत रुपमा घर भाडामा लिएर गैरकानूनी कार्य गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनीहरुलाई पक्राउ गर्न झण्डै तीन महिनाको समय लगाएको छ ।

“यो तत्कालको घटना होइन, प्रहरीले तीन महिनादेखि नै अनुसन्धान थालेको थियो, तथ्य सङ्कलन गरिसकेपछि मात्रै उनीहरुलाई सोमबार पक्राउ गरिएको हो”, परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भन्नुभयो । एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलो हो । यसअघि बैंकको एटिएम ह्याक गरेको आरोपमा सातजना चिनियाँ पक्राउ परेका थिए भने अन्य विभिन्न घटनामा केही चिनियाँ नागरिक पक्राउ परेका छन् ।

यसपटक उनीहरुलाई बूढानीलकण्ठ, बाँसबारी र मनमैंजुबाट नियन्त्रणमा लिइएको हो । विदेशीले पर्यटक भिसामा नेपाल आएर कुनै घर भाडामा लिई संस्थागत काम गर्न पाउँदैन । चिनियाँ नागरिकहरुले यस्तो गतिविधि गरेको निक्कै समय भएको थियो ।

उनीहरुको गतिविधि शङ्कास्पद देखिएकाले स्थानीयवासीले नै प्रहरीलाई सूचना दिएको थियो । सोही आधारमा ब्यूरोको नेतृत्वमा प्रहरी टोली सूचना सङ्कलनमा खटिएको थियो । प्रहरीले आवश्यक प्रमाण सङ्कलनका क्रममा उनीहरुले कैफियत पत्ता लगाएपछि नेपालस्थित चिनियाँ दूतावाससँगको समन्वयमा उनीहरुलाई पक्राउ गरेको बोगटीले बताउनुभयो ।

“उनीहरुले केही न केही गलत क्रियाकलाप गरिरहेको निष्कर्षका साथ पक्राउ गरिएको छ, वास्तविकता के छ भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्छ”, बोगटीले भन्नुभयो । प्रहरी स्रोतका अनुसार उनीहरुले नेपाल बसेर नेपालमै हानी गरेको तथ्य अहिलेसम्म फेला पारिएको छैन ।

चिनियाँ अर्थतन्त्रलाई असर पार्ने गतिविधि गरेको खुल्न नआएको प्रहरीले जनाएको छ । “उनीहरुले जे गरिरहेका छन्, सबै अनलाइनबाटै गरिरहेका देखियो, अनुसन्धानपछि मात्रै खास कुरा पत्ता लाग्ला”, महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले भन्नुभयो । उहाँले विगतमा भएको बैंकको एटिएम ह्याकिङ्सँग उनीहरुको सम्बन्ध छ की छैन भन्नेतर्फसमेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका नेपाल बसेर अनलाइनमार्फत अश्लिल हर्कत गर्ने, अनलाइन जुवा खेलाउनेदेखि बैंक ह्याकिङ्मा संलग्न भएकासमेत परेको जनाइएको छ ।

पाँच दिनको म्याद थप, हिरासत सानो हुँदा विभिन्न ठाउँमा सारियो

उनीहरुमाथि आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उनीहरुमध्ये कतिपयसँग प्रवेशाज्ञापत्र ९भिसा० समेत नभएको पाइएको छ । उनीहरुको साथबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका सामग्री पनि बरामद गरिएको छ । स्थान अभाव हुँदा उनीहरुलाई विभिन्न प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पक्राउ परेका चिनियाँ नागरिकमध्ये महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा ३८, बालाजु वृत्तमा १५, लैनचौर वृत्तमा ११, दरबारमार्ग वृत्तमा १४ जना राखिएको छ । बाँकी परिसरको हिरासतमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

नेकपा संयोजन समितिको बैठक आज बस्दै

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com