ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काम गर्ने शैलीमा परिवर्तन नगर्ने हो भने गणतन्त्र नेपालको मान्यता स्थापित हुन नसक्ने– मुख्यमन्त्री पौडेल


एबीसी न्यूज
पुस ८, २०७६ मंगलबार  ३ : ४४ बजे

काठमाडौं, ८ पुस । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई स्थापित गर्न सबैको ध्यान जान आवश्यक रहेको बताउनुभएको छ । उहाँले सबैले परिवर्तनलाई आत्मसात् गर्नुपर्ने उल्लेख गर्नुभयो ।

आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलगायतको टोलीसँगको भेटमा मुख्यमन्त्री पौडेलले सबै प्रदेशको जोड परम्परागत शैली परिवर्तन गरी नयाँ र परिणाममुखी शैली अवलम्बन गर्नेतर्फ हुनुपर्ने धारणा राख्नुभयो । काम गराइका शैलीमा परिवर्तन नगर्ने हो भने गणतन्त्र नेपालको मान्यता स्थापित हुन नसक्ने उहाँले बताउनुभयो । हामीले भन्ने गरेको र संविधानमा उल्लेख भएको समाजवाद उन्मुख राज्य व्यवस्थातर्फ जान हाम्रा क्रियाकलाप पनि समाजवाद उन्मुख हुनुपर्ने मुख्यमन्त्री पौडेलको धारणा थियो । उहाँले यो वर्ष काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गरिने जानकारी दिनुभयो । विदेशबाट इन्धन भित्र्याएर खर्बौं रुपैयाँ बाहिर पठाउने काम बन्द गर्न पनि विद्युतीय सवारी सञ्चालनमा जोड दिइने उहाँको भनाइ थियो ।

प्रदेश सरकारले सुरुङमार्ग निर्माण गर्ने योजना अगाडि सारेको, विश्वविद्यालय, शिक्षण अस्पताल बनाउँदै गरेको, रङ्गशाला, सडक, नेपाल प्रहरीका लागि ४८ वटा प्रहरीचौकी भवन निर्माण, एक विद्यालय एक नर्स कार्यक्रम गरिरहेकोलगायतको जानकारी दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका सभामुख अधिकारीले प्रदेश सरकारले भोगेका जटिलताको एकलभन्दा पनि सामूहिकरुपमा समाधान खोज्ने प्रयासस्वरुप अन्य प्रदेशसँग समेत छलफल तथा भेटघाट कार्यक्रम गरिएको बताउनुभयो । सबै हिसाबमा समृद्ध प्रदेश नं ३ सरकारसँग भावी योजना तथा विगतको अनुभव लिन पाउँदा खुशी लागेको उहाँले बताउनुभयो ।

प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले गण्डकी प्रदेशको प्रतिनिधिमण्डलसँग साक्षात्कार गर्न पाउँदा र दुई प्रदेशको अनुभव आदानप्रदान गर्न पाउँदा खुशी लागेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

नेकपा संयोजन समितिको बैठक आज बस्दै

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com