ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भवन हस्तान्तरण भएन, ३५ जना क्षमताको कारागारमा १४८ बस्न बाध्य


एबीसी न्यूज
पुस ८, २०७६ मंगलबार  १० : १७ बजे


काठमाडौ, ७ पुस । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागार परिसरमा निर्माण गरिएको बन्दीगृह बजेट अभावका कारण हस्तान्तरणमा ढिलाइ भएको छ । उक्त भवनको जिम्मा ऋषि शक्ति बिल्र्डस एण्ड इञ्जिनीर्यस प्रालि डुम्रेले सम्झौताअनुरुप मङ्सिर १५ गते निर्माण सम्पन्न गरे पनि भुक्तानी हुन नसकेका कारण भवन हस्तान्तरण गर्न नसकिएको हो ।

हस्तान्तरण नहुँदा ३५ क्षमताको कारागारमा हाल १४८ जना कैदीबन्दी बस्न बाध्य रहेका छन् । उनीहरुलाई सुत्न र शौचालय जान समस्या भएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उक्त भवनको कारागार व्यवस्था विभागबाट समेत अनुगमन भइसकेको छ । उहाँले भन्नुभयो, “भुक्तानी प्रक्रिया लम्बिएका कारण बन्दीगृह सञ्चालनमा ढिलाइ भएको हो ।” कार्यालय भवन, सुरक्षा ब्यारेक र महिला बन्दीगृह गरी तीन भवन मूल्य अभिवृद्धि कर बाहेक रु छ करोड ४४ लाख लागतमा निर्माण गरिएको हो । असी जना क्षमताको उक्त बन्दीगृह सुविधासम्पन्न रहेको छ । दुई तलाको उक्त भवनमा पुस्तकालय, भान्छाघर, डाइनिङहल, सोलारको व्यवस्था, एक गोलघर, चिसोतातो पानीले नुहाउने व्यवस्था, तीन सुरक्षाचौकीलगायका व्यवस्था रहेका छन् । भवन आउँदो माघ १ गतेबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको सूचना अधिकारीले जानकारी दिनुभयो ।

सम्झौताअनुरुपको बजेट व्यवस्थापन हुन नसक्दा भवन निर्माणकार्य सम्पन्न भए पनि हस्तान्तरणमा ढिलाइ भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९भवन० गोरखाकी डिभिजन इञ्जिनीयर सुनिता श्रेष्ठले जानकारी दिनुभयो । निर्माण व्यवसायीलाई एक हप्ताभित्र भुक्तानी गर्ने भनिए पनि विभागबाट बजेट आउन ढिलाइ भएका कारण समस्या भएको उहाँले बताउनुभयो । कैदीबन्दी हिडेर अस्पताल जान बाध्य कारागारमा स्वास्थ्य दरबन्दी रिक्त हुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत अहेब सक्षम घिमिरेको समायोजना भई म्याग्दे गाउँपालिका सरुवा भएपछि असोजदेखि कैदीबन्दीको उपचारमा समस्या भएको हो । स्वास्थ्य दरबन्दी रिक्त हुँदा सामान्य बिरामीलाई पनि दमौली अस्पतालमा लैजानुपर्ने अवस्था रहेको छ ।

कारागारका सूचना अधिकारी अधिकारीउहाँले भन्नुभयो, “कार्यालयमा गाडीको सुविधा नहुँदा कैदीबन्दीलाई हिँडाएर हत्कडी लगाएर सुरक्षाकर्मीको साथमा पठाउनुपरेको छ ।” क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी रहेकाले ९प्यासेज० गल्ली–गल्लीमा कैदीबन्दीलाई सुताउनुपरेको कारागारका चौकीदार बिष्णुहरि घिमिरेले बताउनुभयो । निर्माण सम्पन्न बन्दीगृह छिटो हस्तान्तरण भए कैदीबन्दीलाई सुत्न सहज हुने थियो । उहाँले भन्नुभयो, “चिसो मौसममा उनीहरुले कठिनाइ भोग्नुपरेको छ ।” सीपमूलक तालीमको अपेक्षा जिल्ला कारागारमा १४८ कैदीबन्दीमध्ये करीब ७०÷७५ ले मेहेनतका साथ मुढा बुन्नेलगायतका काम गरी राम्रो आम्दानी गर्दै आएका छन् । मुढा बुनेर मासिक रु सात÷आठ हजारसम्म घर खर्च पठाउने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य तालीमको व्यवस्था भइदिए अझ राम्रो कमाइ गर्न सकिने थियो ।” चाडपर्वको समयमा पनि सोचेअनुरुपको मुढा बिक्री नभएको उहाँले गुनासो पोख्नुभयो । निर्माण गरिएका करीब २०० मुढा अझै मौजाद छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

नेकपा संयोजन समितिको बैठक आज बस्दै

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com