काठमाडौं, ७ पुस । जनकपुरधाममा पुनः शंकास्पद बस्तु फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–४ मा आज सोमबार बिहान शंकास्पद बस्तु फेला परेको हो ।
उक्त क्षेत्रमा सर्वसाधारणको आवागमनमा रोक लगाइएको छ । शंकास्पद बस्तु फेला परेको क्षेत्र भन्दा केही अगाडि नेपाल राष्ट्र बैंक र संघीय प्रहरी एकाई जनकपुरधामको कार्यालय रहेको छ । प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी दिएको छ । यसअघि गएको हप्ता धनुषाका विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तु भेटिएका थिए । बम बिस्फोट हुँदा प्रहरीसहित तीनजनाको मृत्यु समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्