ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिकाको बजेट दुरुपयोगमा गाउँपालिका अध्यक्ष र श्रीमती अपहरणमा, खोजिकार्य तिव्र


एबीसी न्यूज

दैलेख, ६ पुस ।  ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उहाँकी श्रीमती इला शाही अपहरणमा पर्नुभएको छ ।

उहाँहरुलाई विप्वल नेतृत्वको नेकपा समूहले शनिबार राति वडा नम्बर २ को सेरीपाटामा रहेको घरबाट अपहरण गरेको प्रहरीले आशंका गरेको छ । पक्राउ पर्नुभएकी शाही पत्नी इला त्यही ठाउँको कृष्ण मावि लकान्द्रकी प्रधानाध्यापक हुनुहुन्छ ।

राति साढे १२ बजेतिर १५ जनाभन्दा बढीको समूहमा हतियारसहित आएका समूहले गाउँपालिका अध्यक्ष र उहाँकी पत्नीलाई अपहरण गरेको प्रहरीले जनाएको छ । त्यसअघि विप्लव नेतृत्वको नेकपाले गाउँपालिका अध्यक्षका भाइ शिक्षक हस्तबहादुर शाहीलाई पनि एक घण्टा टाढा रहेको भाँटीचौर पुर्‍याएर छोडेका थिए ।

अध्यक्षसंगै भाई हस्त वहादुर शाहीलाई राती नै र श्रीमती ईला मल्ल शाहीलाई आज विहान छोडेको वुझिएको छ । भाई हस्तका अनुसार सो गाउँपालिकाको गुईच्याखर्क जंगलमा अध्यक्ष शाहीलाई राखिएको छ ।

दाइ भाउजुलाई खोज्न विहानै गुईच्याखर्क जंगल पुगेका हस्तले हतियार सहित रहेको विप्लव समुहले राजनैतिक मुद्दा भएकाले अपहरण गरिएको र २÷३ दिनभित्र छाड्ने आश्वासन दिदै भाउजु ईलालाई जिम्मा लगाएपछि फर्किएको जानकारी दिनुभयो ।

सो समुहले विप्लव समुहको कार्यकर्ता रहेको भन्दै सोधपुछ गर्नु छ भनेर लिएर गएपछि आफन्त र गाउँलेहरुले रातीदेखि नै खोजी गर्दा सो जंगलमा भेटीएको उहाँले वताउनुभयो । जिल्ला प्रहरी प्रमुख डिएसपी हरिवहादुर ओलीले अध्यक्ष शाही र उनको श्रीमतीको अपहरणको सुचना पाउने वित्तिकै प्रहरी परिचालन गरिएको साथै प्रदेश र जिल्लावाट खोजीकार्यलाई तिव्र वनाउन आवश्यक तयारी भैसकेको जानकारी दिनुभयो । हतियार सहित रहेका विप्लव कार्यकर्तावाट अध्यक्ष शाहीलाई अपहरणमुक्त गर्न धेरै सर्तकता अपनाउनु पर्ने देखिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com