ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दीक्षित विद्यार्थीलाई ज्ञान, सीप, अठोट प्रतिबद्धतालाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह


एबीसी न्यूज


काठमाडौं, ४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा सबै नेपालीको सामूहिक आकांक्षा भएकाले त्यसलाई पूर्ति गर्न विश्वविद्यायलबाट पाएको ज्ञान, सीप, अठोट, प्रतिबद्धता, आत्मबल र चरित्रहरुलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौँ विश्वविद्यालय ९केयु० ले आज सम्पन्न गरेको २५औँ दीक्षान्त समारोहमा शुभकामना सन्देशमार्फत उहाँले दीक्षित दक्ष जनशक्तिहरुले आफूसँग भएको क्षमतालाई मुलुकको हित र राष्ट्रिय आकांक्षाको परिपूर्तिमा सहयोग पु¥याउन लाग्नुपर्ने बताउनुभयो । उहाँले अबको नेपाल कस्तो बनाउने हो, त्यो दक्ष जनशक्ति र शिक्षित व्यक्तिहरुको इच्छाशक्ति र कर्तव्य पालनामा निर्भर रहने बताउनुभयो । नेपाल सम्भावना नै सम्भाना भएको देश भएको र छोटो समयमा धेरै विकासको फड्को मारेको थोरै देशहरुमध्येको एक भएको उल्लेख गर्दै उहाँले दीक्षित विद्यार्थीहरुले पनि आआफ्नो विधाअनुसार काम गरेर देश र देशवासीको सेवामा जुट्नुपर्ने बताउनुभयो ।

उच्च शिक्षाका क्रममा विदेशमा गएर हासिल गरेको शिक्षा र पाएको ज्ञानलाई पनि देशवासीको हितमा उपयोग गर्न दीक्षित विद्यार्थीलाई योजना र कार्यक्रम बनाएर त्यसैअनुसार इमान्दार ढङ्गले काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सघाउन सरकार तयार रहेको बताउनुभयो । देशले दीक्षित व्यक्तिहरुबाट ठूलो अपेक्षा राखेको र त्यसलाई पूरा गर्न खरो उत्रनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालले बहुविश्वविद्यालयको अवधारणा स्वीकार गरेपछि खुलेको पहिलो विश्वविद्यालय काठमाडौँ विश्वविद्यालय भएको बताउनुहुँदै सरकारको पूर्ण लगानी भएको दुई वटा विश्वविद्यालयभन्दा भिन्न चरित्र बोकेको विश्वविद्यालय जनताको बल, सहयोगी सङ्घ÷संस्था र सरकारको सहयोगमा अघि बढेकोमा अहिले नेपालको नमूना शिक्षण संस्थाको रूपमा स्थापित छ ।”

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले उच्च शिक्षाको क्षेत्रमा गुणस्तर, अनुसन्धान, रोजगारीको प्रत्याभूति, समता र आम नागरिकका लागि पहुँच कायम गर्नु नेपालको आम समस्या भएको बताउनुभयो । त्यस्ता चुनौतीहरु सम्बोधन गर्न केयु सफल भएको बताउँदै उहाँले व्यवस्थापकीय प्रभावकारिताका कारण केयुले आजका दिनसम्म गुणस्तरीय शिक्षाका लागि जनस्तरमा नै विश्वास जित्न सकेको बताउनुभयो । नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न सक्षम भएको बताउँदै मन्त्री पोखरेलले उच्च शिक्षामा गुणस्तर रोजगारी, अन्तर्राष्ट्रियकरण र विश्वव्यापीकरणको प्रक्रियामा निरन्तर क्रियाशील रहेको बताउनुभयो ।

उहाँले दीक्षित विाद्यार्थीहरुलाई सीप योग्यता, दक्षता, चरित्र, आत्मबल र क्षमतालाई उच्चतम प्रयोग गरी विश्वभरि आफ्नो मौलिक पहिचान कायम राख्न सक्ने मानिस बन्न आग्रह गर्नुभयो । मानवसमाज अहिले असिमितरूपमा झाँगिदै आएको लोभ, द्वन्द्व घृणा, बेरोजगारी, वातावरणीय विनाश र त्यसका कारण पृथ्वी र मानव सभ्यतामा नै देखिन लागेको सङ्कटले दीक्षित विद्यार्थीहरुको ज्ञान, ऊर्जा र क्षमताको माग गरिरहेको बताउँदै उहाँले इतिहासलाई जोगाउँदै समय र मागअनुसार अघि बढ्न पनि जोड दिनुभयो ।

विश्वका विभिन्न देशका विद्यार्थीहरुका लागि केयु अध्ययनको महत्वपूर्ण ग्रन्थ बनेको र अध्ययन सकेपछि विभिन्न देशमा फर्केकाहरुले पनि रोजगारमा सफलता हासिल गरी आफ्नो राष्ट्रको सम्मानित नागरिक बन्न सफल हुनु यसको अर्को सफल पक्ष भएको मन्त्री पोखरेलको भनाइ थियो ।

विभिन्न ११ देशका विद्यार्थीहरुले नेपालको उच्च शिक्षाको संस्थाबाट उपाधि प्राप्त गरी नेपालबाट दीक्षित हुनु दीक्षान्त समारोहको स्मरणीय पक्ष भएको उल्लेख गर्दै उहाँले उनीहरू नेपाल र नेपालीका लागि सधैँ असल मित्रका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो । केयुका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठले अब उच्च क्षमता भएका युवाहरुको विदेश पलायन रोकिनुपर्ने बताउनुभयो । उहाँले दीक्षित विद्यार्थीहरुको कार्यदक्षताबाट हतोत्साही बनाउने सोचाइमा पनि परिवर्तन आउनुपर्ने बताउनुभयो । विश्वविद्यालयले नेपालको शिक्षा क्षेत्रमा अति कम सम्भव मानिएका कुराहरुलाई पनि सम्भव हुन्छ भनेर प्रमाणित गरिसकेको उल्लेख गर्दै शिक्षाको मूल उद्देश्य नयाँ ज्ञान सिर्जना गर्नु रहेकाले समाजका समस्याहरु हल गर्न दीक्षित विद्यार्थीहरुबाट आवश्यक सीपहरु प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

एक हजार पाँच सय विद्यार्थी दीक्षित

काठमाडौँ विश्वविद्यालयको आज सम्पन्न २५ औँैं दीक्षान्तबाट एक हजार ५४६ जना दीक्षित भएका छन् । दीक्षित हुनेमा १६ जना विद्यावारिधि र ५५ जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरु रहेका छन् । दीक्षित हुनेमा मानविकीतर्फ २११, शिक्षातर्फ १६८, इञ्जिनीयरिङतर्फ ३७१, कलातर्फ ४१, व्यवस्थापनतर्फ ४८३ र विज्ञानतर्फ २६० जना रहेको विश्वविद्यालयले जनाएको छ । दीक्षित हुनेमा अर्जेन्टिना, भारत, इजरायल, जापान, केन्या, मालदिभ्स, पाकिस्तान, स्वीडेन, युक्रेन, बेलायत र अमेरिका गरी ११ देशका १३ जना विद्यार्थी रहेका छन् । दीक्षित हुनेमध्ये पुरुष ८६७ र महिलातर्फ ६७९ जना रहेका छन् ।

उत्कृष्ट विद्यार्थी चार जनालाई चान्सलर स्वर्णपदक, भाइस चान्सलर स्वर्णपदक, रणबहादुर शाह स्वर्णपदक र जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक प्रदान गरिएको छ । स्कूल अफ इञ्जिनीयरिङबाट स्नातकोत्तर तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने नसला डङ्गोलले चान्सलर स्वर्णपदक, स्कूल अफ आर्टबाट स्नातक तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने सृष्टि शाक्यले भाइस चान्सलर स्वर्णपदक, स्कूल अफ म्यानेजमेन्टबाट एमबीए तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने राजेश पनेरुले जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक र स्कूल अफ म्यानेजमेन्टबाट नै एमबिए तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने स्पार्टाकस ढकालले रणबहादुर शाह स्वर्णपदक प्राप्त गरेका छन् ।

केयुले पहिलो पटक ल्याण्ड म्यानेजमेन्ट विषयमा विद्यावारिधि उपाधि प्रदान गरिएको जनाएको छ । त्यसैगरी नेपालमा नै पहिलोपटक शुरु गरिएको बीई इन केमिकल इञ्जिनीयरिङका स्नातकहरु सोही क्रममा दीक्षित भएको विश्वविद्यलायले जनाएको छ । त्यस्तै स्कूल अफ ल बाट बीबीएम र एलएलबी गरेका स्नातकहरुलाई पनि पहिलो पटक दीक्षित गरिएको विश्वविद्यालयले जनाएको छ ।

काठमाडौँ विश्वविद्यालयबाट २५औँ दीक्षान्तबाट दुवै चरणका गरी तीन हजार १५० जना दीक्षित भएका छन् । तीमध्ये १४ देशका २५९ विद्यार्थी रहेका छन् । स्थापना कालदेखि हालसम्ममा काठमाडौँ विश्वविद्यालयबाट ३१ हजार ९४३ जना दीक्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com