ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि अनुदानमा कपिलवस्तुमा चरम अनियमितता (भिडियोसहित)


एबीसी न्यूज


कपिलवस्तु ,   ४ पुस ।  प्रदेश ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा चरम अनियमितता भएको कपिलवस्तुमा पनि भेटिएको छ । सरकारी कर्मचारी,कृषक समूहका अगुवा र सहकारीका केही विचौलियाको सेटिङमा कपिलवस्तुमा पनि कृषि अनुदानमा चरम दुरुपयोग भएको हो ।

कपिलवस्तु नगरपालिका वडा नं २ मा रहेको हृदय कृषक समुहले तरकारी खेतीको लागि आएको अनुदान रकमले जग्गामा तारवार गर्नुको साथै कृषि उपकरणहरु खरिद गरेको छ । गत आर्थिक वर्ष २०७५।०७६ जेठमा कृषि ज्ञान केन्द्रसंग तरकारी खेतिका लागि सम्झौता भएको हो। बोडी लौकी घिरौला भिन्डी लगाएत तरकारी खेती गर्न अनुदान सम्झौता गरिएको थियो । तरकारी लागि सिचाई गर्न बोरीगं जडानका लागि समेत संझौता भएपनि हालसम्म कृषकको खेत बारीमा संझौता गरिए अनुसारका कुनैपनि तरकारी फलेको छैन।

३ विगाह क्षेत्रफल रहेका प्रस्तावित जग्गामा हाल मटर र आलु खेति मात्रै गरिएको छ । सम्झौतामा उल्लेख भएको तरकारी खेति गरिएको छैनन नै । प्राप्त अनुदान पनि सबै खर्च गरिएको छैन । संझौता गर्दा ६ लाख अुनदान लेखिए पनि समुहले ४ लाख ७० हजारको मात्रै किसानले अनुदान पाएको समुहका अगुवाहरुको प्रतिकृया छ । सम्झौता ढिलो भएकोले तरकारी खेतीमा समस्या परेको उनीहरुको भनाई छ ।

यस्तै गरी शिवराज नगरपालिका वडानं ११ सडवामा रहेको नव प्रगतिशिल बहुउद्देश्यीय कृषक समुहको गरेको बाख्रा पालनमा पनि अनुदानको रकम दुरुउपयोग भएको भेटिएको छ ।स्थलगत रुपमा गएर हेर्दा हाल जम्मा ६ वटा बाख्रा समुहको अध्यक्षको घरमा रहेको भेटिएको छ । । बाख्रा पालनको लागि बनाइएको खोर पनि विगत तीन महिनादेखि बन्द रहेको समुहका अध्यक्ष दुर्गा खनाल स्विकार्छन् । प्रदेश सरकार संग ६ लाख अनुदान पाएका समुहले शुरुवाती चरणमा ५६ वटा बाख्र पालेको जानकारी दिएका थिए । बाख्रामा पि पि आर रोग लागेर १७ वटा बाख्रा मरेको र जिउदा १० वटा बाख्रा सस्तो मुल्यमा बिक्री गरेको बताए ।

कृषि अनुदानमा चरम बदमासी भएपछि प्रदेश सभाको कृषि, वन तथा वातावरण समितिले स्थलगत अध्ययन समेत गरेको छ । अध्ययनबाट व्यापक अनियमितता भेटिएको समितिले बताएको छ ।

कपिलवस्तुमा पनि विचौलिया र कर्मचारीको सेटिङमा कृषि अनुदानमा चरम दुरुपयोग भएको छ ।कृषिमा सरकारले व्यवसायीकरण आधुनिकीकरण गर्न भन्दै वर्षेनी कृषि अनुदानमा खर्च गरेको छ । तर, विचौलिया र सरकारी कर्मचारीको सेटिङमा अनुदान हत्याउने गलत प्रवृत्तिले सरकारी योजनालाई हावा खाने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com