ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तराईका जिल्लामा शितलहरबाट जनजीवन अस्तव्यस्त, व्यापार व्यवसायसमेत प्रभावित (भिडियोसहित)


एबीसी न्यूज

बर्दिया, ४ पुस ।  यो सातादेखि तराईका जिल्लाहरुमा सीतलहर चलिरहेको छ । शितलहरका कारण जनजिवन प्रभावित बनेको छ । बर्दियामा शितलहर चलेका कारण बजारमा मानिसको चहल पहल घटेको छ जसका काराण व्यापार व्यवसायमा समेत प्रत्यक्ष असर परेको छ ।

शितलहरका कारण किसानले खेतका लगाएको आलु र तोरी बालीमा समेत असर परेको छ । तराईका जिल्लाहरु विगत केहि दिनदेखि दिनभर चिसो हावा चल्नुका साथै घाम नलाग्दा हुस्सुले ढाकेको छ । स्थानिय निकायले शीतलहरबाट वच्नको लागी कुनै ठोस योजना बनाएको देखिदैन, विशेष गरी ग्रामिन भेगका मानिसहरु चिसोका कारण वढि प्रभावित भएका छन । वालवालिका जेष्ठ नागरिक अझ वढि प्रभावित बनेका छन । नगरपालिकाले कुनै ठोस योजना बनाउन नसकिरहेको अवस्थामा स्थानियवासीले बाटो हिडने बटुवा र आफुलाई समेत हुने गरी दाउरा किनेर बालिरहेका छन ।

त्यसो त, जिल्ला बिपद व्यवस्थापन समिति बर्दियाले शितलहर बाट हुन सक्ने सम्भावित क्षति न्युनिकरण गर्नका लागी पुर्व तयारी गरेको थियो । तर त्यो प्रभावकारी हुन सकिरहेको छैन । सरोकारवाला निकाय, स्थानिय तह, जिल्ला जनस्वास्थ्य कार्यालय , डिभिजन वन कार्यालय , नेपाल रेडक्रस सोसाइटि तथा मानविय सहयोगी संघ सस्थाहरुमा र विभिन्न सरकारी गैर सरकारी संघ सस्थाहरुलाई समेतको सहभागीतामा सहयोगको व्यवस्था मिलाउने निर्णय समेत गरिएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सयोजक रुपन ज्ञवाली बताउंछन् ।

तराई भु भागमा जाडोको अत्याधिक नकारात्मक असर पर्ने गर्दछ । जाडो तथा शितलहरले प्रत्येक वर्ष हजारौ मानिसलाई प्रभावित गर्दछ । धुलोको कणहरु सहित जाडोको तरगंले हावालाई चिसो पर्दछ । पुष महिनादेखि मध्य माघसम्म सबैभन्दा बढी जाडो हुनेगरेको छ । जमिनको सतहबाट २ सयदेखि ४ सय मिटरसम्म ढुसी तथा तुवालोले ढाक्दछ । यसकारण, विहानमा त भिजिविलिटी पनि निकै कम हुन्छ । तापक्रम १० देखि १५ डिग्री सेल्सियससम्म कम हुंदा कतिपय मानिसको हाइपोथर्मियाका कारण मृत्यु समेत हुन्छ ।

चिसो तथा शितलहरका कारण स्वासप्रस्वास, रुघाखोकि, निमोनिया जस्ता स्वास्थ सम्वन्धि समस्याबाट धेरै मानिसहरु विरामी पर्ने र केहि व्यक्तिको मृत्यु समेत हुने गरेको छ । यसबाट विशेष गरी बाल बालिका जेष्ठ नागरिक, सुत्केरी, गर्भवति शितलहरबाट सबैभन्दा बढी प्रभावित हुन्छन् । यसका साथै। बर्दियामा २०७१ र २०७४ सालको बाढिबाट प्रभावित भई हालसम्म पनि पुर्नस्थापना हुन नसकेका परिवार समेत शितलहरको जोखिममा परेका छन् । शितलहर बढेसंगै स्वास्थ्य संस्थामा बिरामीको चाप पनि बढदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com