ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृत्युदण्डुअघि नै मृत्यु भए पनि मुशर्रफको शवलाई ३ दिनसम्म चोकमा झुण्ड्याउनू – अदालत


एबीसी न्यूज

काठमाडौं, ४ पुस ।  पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफमाथि मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानको विशेष अदालतले फेरि अर्को निर्णय सुनाएको छ ।

‘यदि मुशर्रफलाई मृत्युदण्ड दिनुअघि नै उनको मृत्यु भयो भने उनको शव इस्लामावादको चोकमा तीन दिनसम्म झुण्ड्याउनू’– अदालतले भनेको छ । गएको मंगलबार मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाउने तीन सदस्यीय बेन्चका प्रमुख र पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमदले १ सय ६७ पानाको विस्तृत फैसला लेखेका छन् । मृत्युदण्ड दिनुअघि नै मुशर्रफको मृत्यु भए पनि पूर्व राष्ट्रपतिलाई फाँसीको फन्दामा झुण्ड्याउनु पर्ने न्यायाधीश अहमदले लेखेका छन् । फैसलाका अनुसार, ‘भाग्ने र दोषी साबित भएकालाई गिरफ्तार गर्नका लागि पूरै शक्ति प्रयोग गर्न र कानुनअनुसार सजाय दिन हामी कानुन प्रवर्तक एजेन्सीहरुलाई निर्देश दिन्छौँ । यदि उनी मृत भेटिएको अवस्थामा उनको लाश इस्लामावादको डी चोकमा तीनदिनसम्म झुण्ड्याउनू । अदालतको यस्तो निर्णयपछि मुशर्रफका समर्थकहरुले देशका विभिन्न भागमा उनको समर्थनमा र्‍याली निकालेका छन् । मुशर्रफमाथि संविधानलाई प्रभावहीन बनाएर सन् २००७ मा संविधानविरुद्ध आपतकाल घोषणा गरेको र देशद्रोहको आरोप छ । यद्यपि पाकिस्तानी सेनाले भने मुशर्रफको समर्थन गर्दै देशको सेवा गर्नेलाई देशद्रोही भन्न नसकिने भन्दै मुशर्रफको बचाउ गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com