ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृत्युदण्डुअघि नै मृत्यु भए पनि मुशर्रफको शवलाई ३ दिनसम्म चोकमा झुण्ड्याउनू – अदालत


एबीसी न्यूज
पुस ४, २०७६ शुक्रबार  ११ : २१ बजे

काठमाडौं, ४ पुस ।  पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफमाथि मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानको विशेष अदालतले फेरि अर्को निर्णय सुनाएको छ ।

‘यदि मुशर्रफलाई मृत्युदण्ड दिनुअघि नै उनको मृत्यु भयो भने उनको शव इस्लामावादको चोकमा तीन दिनसम्म झुण्ड्याउनू’– अदालतले भनेको छ । गएको मंगलबार मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाउने तीन सदस्यीय बेन्चका प्रमुख र पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमदले १ सय ६७ पानाको विस्तृत फैसला लेखेका छन् । मृत्युदण्ड दिनुअघि नै मुशर्रफको मृत्यु भए पनि पूर्व राष्ट्रपतिलाई फाँसीको फन्दामा झुण्ड्याउनु पर्ने न्यायाधीश अहमदले लेखेका छन् । फैसलाका अनुसार, ‘भाग्ने र दोषी साबित भएकालाई गिरफ्तार गर्नका लागि पूरै शक्ति प्रयोग गर्न र कानुनअनुसार सजाय दिन हामी कानुन प्रवर्तक एजेन्सीहरुलाई निर्देश दिन्छौँ । यदि उनी मृत भेटिएको अवस्थामा उनको लाश इस्लामावादको डी चोकमा तीनदिनसम्म झुण्ड्याउनू । अदालतको यस्तो निर्णयपछि मुशर्रफका समर्थकहरुले देशका विभिन्न भागमा उनको समर्थनमा र्‍याली निकालेका छन् । मुशर्रफमाथि संविधानलाई प्रभावहीन बनाएर सन् २००७ मा संविधानविरुद्ध आपतकाल घोषणा गरेको र देशद्रोहको आरोप छ । यद्यपि पाकिस्तानी सेनाले भने मुशर्रफको समर्थन गर्दै देशको सेवा गर्नेलाई देशद्रोही भन्न नसकिने भन्दै मुशर्रफको बचाउ गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

प्यालेस्टाइनको निर्वाचन आयोगले वेस्ट बैंक र गाजामा स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गर्‍यो

घानाले कृत्रिम बुद्धिमत्ता विकासलाई तिब्रता दिने

यासुकुनी तीर्थस्थलको वास्तविकता उजागर गर्न एक जापानी सैनिकका छोराको दृढ संकल्प

ह्वाइट हाउस संवाददाता सम्मेलनमा गोली चलाउने व्यक्ति हिरासतमा रहेको ट्रम्पद्वारा पुष्टि

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु

पाकिस्तानी प्रधानमन्त्री सरिफ र इरानी राष्ट्रपति पेजेस्कियनबीच वार्ताः क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com