ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेप्सी उत्पादन गर्ने वरुण वेभरेज विरुद्ध २ अर्ब सम्म जरिवाना र तीन वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर


एबीसी न्यूज
पुस ४, २०७६ शुक्रबार  ८ : २५ बजे


काठमाडौं, ४ पुस । मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिल बनाइ ठगी गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले वरुण वेभरेज विरुद्ध विहिवार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालमा वरुण वेभरेजले पेप्सीलगायतका उत्पादनको बोटलिङ गर्दै आएको छ । विभागले नक्कली भ्याट विल विरुद्धको अहिलेसम्मकै ठूलो मुद्दा दायर गरेको हो। विभागले अनुसन्धान गर्दा नक्कली भ्याट विलमार्फत ६४ करोड ९६ लाख रुपैयाँ राजस्व छली गरेको भेटिएको थियो।

विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै महानिर्देशक दीर्घराज मैनालीले राजस्व ठगीको मुद्दा हालेको जानकारी दिएका हुन्। विभागले कम्पनीका सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरियासहित सात जनामाथि विगो, जरिवाना र जेल सजायको दावी गर्दै मुद्दा हालेको हो।

विभागले ६४ करोड ९६ लाख रुपैयाँको विगो दावी गरेको छ। विगोको र यसको दोब्बर जरिवाना १ अर्ब २९ करोड ९२ लाख गरी कुल १ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ दावी गर्दै मुद्दा हालेको हो।

बरुण वेभरेजले झुट्टा कारोबार मनसाय राखी नक्कली विजक तयार पार्ने ब्यक्तिसँग मिलेर वास्तविक रुपमा मालबस्तु नै खरीद नगरी झुट्टा तथा नक्कली कर विजक तयार पार्ने प्रयोजनका लागि योजनाबद्ध रुपमा दर्ता गरिएका फर्महरुबाट जारी गरेका बिजक खरीद गरेर राजस्व छलेको विभागको आरोप छ।

बरुण वेभरेज प्रालि र यसका पूर्व तथा वर्तमान संचालकहरुबाट विभागले एक अर्ब ६० करोडको बैंक जमानत लिएको छ। विभागले गरेको अनुसन्धानबाट वरुण वेभरेजले आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्ममा झुटा मूल्य अभिवृद्धि करको कारोबारबाट भ्याट करतर्फ २५ करोड ३४ लाख र आयकर तर्फ लाभांश समेत गरी ३९ करोड ६१ लाख गरी कूल ६४ करोड ९६ लाख राजस्व छली गरेको देखिएको छ।

विभागले संचालकहरू अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक कुमारलाई मुद्दा हालिएको छ। उनीहरुबाट यो रकम असुलसहित तीन बर्ष कैदको माग गर्दै मुद्दा हालिएको हो।

उनीहरुले नक्कली कर बिजकको कारोवार गर्ने व्यक्तिसँग मिलेमतो गरी वास्तविकरूपमा मालवस्तु खरिद नै नगरी झुट्टा तथा नक्कली कर बिजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरिएका फर्मबाट कर बिजक खरिद गरी राजश्व चुहावट गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु

नेकपा संयोजन समितिको बैठक आज बस्दै

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com