ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको विरुद्धमा भएको मतदानमा महाअभियोगको पक्षमा २२९ र विपक्षमा १९७ मत


एबीसी न्यूज
पुस ३, २०७६ बिहीबार  ८ : ३३ बजे


एजेन्सी, वाशिङटन ३ पुस  । अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको प्रस्तावमा बहुमत सदस्यले महाअभियोगको पक्षमा मत हालेका छन् ।

ट्रम्पको विरुद्धमा भएको मतदानमा पार्टीको लाइनअनुसार नै महाअभियोगको पक्षमा २२९ र विपक्षमा १९७ मत परेको थियो ।

तल्लो सदनमा विपक्षीको बहुमत भएकाले यो प्रस्ताव पास हुने निश्चित थियो । तर,अहिले नै ट्रम्प पदबाट हट्ने भने होइनन् । किनकि यो प्रस्ताव दुई तिहाइले माथिल्लो सदनबाट पनि पास हुनुपर्छ । माथिल्लो सदनमा भने ट्रम्प पक्षधर रिपब्लिकनको बहुमत रहेको छ ।

सो सम्बन्धि प्रक्रिया आउँदो जनवरीमा मात्रै सुरु हुने जनाइएको छ । ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया संसदमा चलिरहेको बेलामा ट्रम्पले सभामुख नान्सी पेलोसीलाई मंगलबार एउटा पत्र पठाएका थिए ।

आफूले डेमोक्र्याट्स पार्टीका तर्फबाट अघि बढाइएको महाअभियोगको कडा रुपमा विरोध गर्ने जनाउँदै उनले यो महाअभियोग अमेरिकाको अढाइ दशक यताको इतिहासमा डेमोक्रयाट्स सांसदबाट अप्रत्याशित र असंवैधानिक रुपमा शक्तिको दुरुपयोग भएको आरोप लगाएका थिए । उनले महाअभियोग जस्तो खराब विषयलाई सस्तो बनाउने काम सभामुखले गरेको समेत आरोप लगाएका थिए । उनले महाअभियोगको प्रक्रिया अघि बढाएर सभामुखले आफूले लिएको शपथको पनि उल्लंघन गरेको र सभामुखले अमेरिकाको लोकतन्त्रमाथि युद्धको घोषणा गरेको समेत राष्ट्रपतिले आरोप लगाएका थिए । ६ पृष्ठ लामो उनको पत्रबारेमा टिप्पणी गर्दै सभामुख पेलोसीले आफूले पुरै पत्र पढी नसकेको बताएकी थिइन् ।

ट्रम्पले डेमोक्र्याट्स नेता जो बाइडेनलाई छानबिन गर्न युक्रेनका प्रधानमन्त्रीलाई आग्रह गरेको विषयलाई लिएर महाअभियोग प्रक्रिया अघि बढेको हो । उनी माथि विपक्षी नेता जो बाइडेनको विरुद्धमा छानबिनका लागि युक्रेनका प्रधानमन्त्रीलाई आग्रह गरेको र अर्को आफ्नो शक्तिको दुरुपयोग गरी अमेरिकी कंग्रेसको काम अवरुद्ध गरेको दुई विषयमा महाअभियोग प्रस्ताव अघि बढेको हो ।

शक्ति दुरुपयोग गरेको विषयमा भएको मतदानमा पनि ट्रम्पको विरुद्धमा २३० मत र ट्रम्पको पक्षमा १९७ मत परेको छ । सो प्रस्ताव पास हुनका लागि २१६ मत मात्रै भए पनि पुग्थ्यो । तर , आवश्यक भन्दा १४ मत बढी ट्रम्पले शक्ति दुरुपयोग गरेको पक्षमा परेको छ । उता सभामुख नान्सी पेलोसीले यो दुःखदायी क्षण भएको जनाउँदै राष्ट्रपति ट्रम्पको अधम कार्यले गर्दा यो अवस्था आएको र आफूहरुसँग अर्को विकल्प नभएको जनाएकी छन् ।

ट्रम्पलाई आफ्नो बयान दिन आग्रह गरिए पनि उनले यो प्रक्रियालाई छल्दै आएका थिए । को सहयोगमा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने रास्वपाको निर्णय

नेपालका वामपन्थीहरु मासिदै ः वाम विश्लेषक , केसी । नेकपा सांसद ः बुढा

सम्बन्धित

तेहरान क्षेत्रमा व्यापक युद्धविराम हुनुपर्छः इरानका उप–परराष्ट्रमन्त्री

टर्कीका राष्ट्रपतिद्वारा खाडी मुलुकहरूको खुला समुन्द्रमा निर्वाध पहुँचको अधिकारमा जोड

कानूनको शासन, न कि शक्तिको प्रदर्शनः संयुक्त राष्ट्र प्रमुख

लेबनानी राष्ट्रपतिद्वारा युद्धविराम पछि स्थायी सम्झौताका लागि वार्ताको घोषणा

अफगानिस्तानको गलैंचा निर्यात १ वर्षमा १८ मिलियन डलर पुग्यो

होर्मुज स्ट्रेटमा फेरि तनाव : भारतीय दुई जहाजमा गोलीबारी, युद्धविरामको म्याद ४ दिन मात्र बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com