ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार पटक खुर्सानी खाँदा हृदयघातबाट मर्ने खतरा कम हुने


एबीसी न्यूज

एजेन्सी । इटालीमा गरिएको एक नयाँ अनुसन्धानले खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा कम हुने देखाएको छ ।

मानिसहरुले प्राचीनकालदेखि नै खुर्सानीको औषधीय गुणहरुबारे थाहा पाइसकेका छ र वर्षौंदेखि खुर्सानी उपचारमा प्रयोग हुँदै आएको पनि छ । र अहिले आएर अनुसन्धानकर्ताहरुले नियमित रुपमा खुर्सानी खाँदा मुटुका रोग र हृदयघातबाट मर्ने खतरा कम हुने कुरा पत्ता लगाएका छन् ।

खुर्सानी लोकप्रिय परिकारको रुपमा उपयोग गरिँदै आएको इटालीमा गरिएको एक अध्ययनमा २३ हजारजना मानिसहरुमा मर्ने खतराका बारेमा अध्ययन गरिएको थियो । अध्ययन गरिएका ती मानिसहरुमा खुर्सानी खाने नखानेहरु दुवै समावेश थिए ।

उक्त अध्ययनमा सहभागी भएकाहरुको स्वास्थ्य अवस्था र उनीहरुको खानेकुरा खाने आदतका बारेमा आठ वर्षसम्म नियमित अनुगमन गरिएको थियो । त्यस दौरानमा अनुसन्धानकर्ताहरुले के थाहा पाए भने हप्ताको कम्तिमा चार पटक खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा ४० प्रतिशत कम भएको देखियो । जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित सो अध्ययनको रिपोर्टअनुसार हृदयघातबाट मर्नेहरुको संख्या आधाभन्दा बढी थियो ।

‘रमाइलो कुरा के छ भने मृत्युबाट रक्षा गर्ने कुरा ती मानिसहरुले खाने गरेका खानेकुराहरुबाट स्वतन्त्र थिए,’ अध्ययनका मुख लेखक तथा मेडिटेरानियन न्यूरोलोजिकल इन्स्टिच्यूट (न्यूरोमेड) का एमिडेमियोलोजिस्ट मारियालाउरा वोनास्सियो भन्छ ।

‘अर्को शब्दमा भन्दा, जो कोहीले पनि स्वस्थकर मेडिटेरानियन खाना खान सक्छन्, कसैले कम स्वस्थकर खाना पनि खान सक्छन् तर ती सबैमा खुर्सानीको रक्षात्मक असर देखियो,’ उनी थप भन्छिन् ।

उक्त अध्ययनमा मोली–सानी अध्ययनका तथांकहरु प्रयोग गरिएको थियो,जसमा दक्षिण इटालीका मोलीसे क्षेत्रका २५ हजार जना सहभागीहरु थिए ।

न्यूरोमेडका डिपार्टमेन्ट अफ इपिडेमियोलोजी एण्ड प्रिभेन्सनका डाइरेक्टर तथा भारेसका इन्सुब्रिया युनिभर्सिटीका प्रोफेसर लिसिया लाकोभियेल्लोका अनुसार खुर्सानीको यो लाभदायक तत्वहरु इटालीको खाद्य परम्पराबाट हस्तान्तरण हुँदै आएको छ ।

‘पहिले नै चीन र अमेरिकामा थाहा लागिसकेको कुरा, हामीले थाहा पाएका छौं कि क्याप्सिकम प्रजातिका धेरै विरुवाहरु, भिन्न तरिकाले संसारभरि नै खाइने गरेको भए पनि, हामी हाम्रा स्वास्थ्य रक्षा गर्ने तत्व पाउन सक्छौं,’ उनी थप भन्छिन् ।

उक्त अध्ययनमा संलग्न टोलीले अब हाम्रो स्वास्थ्यलाई फाइदा पुुर्याउने खुर्सानीको बायोकेमिकल मेकानिजमका बारेमा अध्ययन गर्ने भएको छ ।

बेलायतको अस्टन मेडिकल कलेजका वरिष्ठ प्रशिक्षक तथा डाइटिसियन डुआने मेल्लोरका अनुसार ‘ उक्त अध्ययन रिपोर्ट रोचक छ तर त्यसले खुर्सानीको खुवाइ र त्यसले स्वास्थ्यलाई दिने फाइदाबीचको सम्बन्धलाई चाहिँ औपाचरिक रुपमा देखाउन सकेको छैन ।’

उक्त अध्ययनमा देखिएको खुर्सानी खानुको फाइदाबारे कुरा गर्दा समग्रमा खानामा खुर्सानीको कसरी प्रयोग गरिएको थियो भन्नेबारेमा पनि उल्लेख गरिनुपथ्र्यो ।

‘यो प्रशंसनीय छ कि तथ्यांकले देखाएअनुसार खुर्सानी खाने मानिसहरुले अन्य जडीबुटी र मसालाहरु पनि प्रयोग गरेका छन् र साथै उनीहरुले सागसब्जी सहित ताजा खानेकुराहरु खाएका छन्,’ मेल्लोर थप भन्छन् ।

‘यद्यपि खानेकुराहरुमा खुर्सानीले स्वाद त थपिदिन्छ, तर यसको प्रत्यक्ष प्रभाव कम नै हुनेगर्छ र यसले स्वस्थकर खानेकुरालाई झनै स्वादिष्ट बनाइदिन्छ ।’

नर्विचका क्वाड्रम इन्स्टिच्यूट वायोसाइन्सका पोषण अध्येता इयान जोनसनले उक्त अध्ययनलाई ‘उच्चस्तरको अवलोकन अध्ययन’ भन्दै यसको ‘भरपर्दो तरिका’लाई प्रशंसा गरेका छन् ।

तर साथसाथै उनले खुर्सानीको रक्षात्मक असरहरुको प्रणाली पहिचान नगरिएको तथा बढी खुर्सानी खाँदा त्यसले स्वास्थ्यसम्बन्धी थप फाइदा पुग्नेबारे वैज्ञानिकहरुले पत्ता लगाएको तर्फ पनि औंलाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com