ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थिर सरकार गठनपछि प्रत्यक्ष वैदेशिक लगानी उकालो लाग्दै (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ३० मंसिर । स्थिर सरकार गठनपछि प्रत्यक्ष वैदेशिक लगानी प्रतिशत उकालो लागेको तथ्यांकले दर्शाउछ । गत आर्थिक वर्षको यही अवधिको ५ महिनामा २४ अर्ब ९९ करोड रहेकोमा चालु आर्थिक वर्षको ५ महिना यताको प्रत्यक्ष वैदेशिक लगानी ३३ अर्व ६५ करोड पुगेको छ । प्रत्यक्ष लगानी पर्यटन र सेवा क्षेत्रमा उकालो लागेको छ ।

चालु आर्थिक वर्षको पा“च महिनामा गत वर्ष यहि अवधि भन्दा वैदेशिक लगानी प्रतिबद्धता झण्डै तीन गुणाले वृद्धि भएको छ । मसिंरको अन्तिम सम्म ३३ अर्ब ६५ करोड भदा बढिको विदेशी लगानीको अनुमति विभागले दिएको छ । आर्थिक वर्ष २०७५/७६ मा २४ अर्ब ९९ करोड मात्र वैदेशिक लगानीको प्रतिवद्धता आएको थियो । तर, यस आर्थिक वर्षको ५ महिनामै उक्त रेकर्ड तोड्दै ३३ अर्व ६५ करोड लगानीको प्रतिवद्धता आएको हो । नेपालको पर्यटन तथा सेवामुलुक क्षेत्रमा लगानी भित्रिने क्रम जारी छ । विभागका अनुसार आएको लगानीमध्ये ८५ प्रतिशत लगानी चिनिया“ लगानीकर्ताको रहेको विभागले बताएकोछ ।

लगानीको प्रतिवद्धता अनुसार पर्यटन क्षेत्रमा ७ अर्व ६१ करोड भन्दा बढि छ । अन्य सेवा क्षेत्रमा पनि ७ अर्ब भन्दा बढि छ । सूचना तथा प्रविधिमा ९ अर्ब भन्दा बढि छ । त्यसैगरि र उर्जा क्षेत्रमा समेत करिब ६ अर्ब लगानीको लागि प्रतिवद्धता आएको छ । लगानी र उद्योग प्रवद्र्धन गर्न एकल बिन्दु सेवा सुरु, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, विशेष आर्थिक क्षेत्र ऐन संशोधन, औद्योगिक व्यवसाय नियमावली, औद्योगिकग्राम स्थापना तथा सञ्चालन कायविधि लगायतको कारण बिस्तारै नेपालमा वैदेशिक लगानीमा बृद्धि भएको हो । विगतमा सरकारी काममा पनि फाइल नै नसर्ने, एउटा उद्योग दर्ता लगायत प्रक्रियाको कारण समेत लगानीकर्ताले झन्झटले लगानी भित्रिन सकेको थिएन । पछिल्लो समय राजनीतिक स्थायीत्वसंगै सेवा प्रवाहमा सरकारले सुधार गरेपछि लगानी कर्ताको लागि सहज भएको सरकारी अधिकारीहरु बताउछन्

वैैैदेशिक लगानी भित्राउनका लागि गरिएको लगानी सम्मेलन, स्थिर सरकार, विभिन्न ऐन नियमको उद्योगमैत्री रुपमा परिर्वतन भएपछि सुधार भएको हो । विश्वभरी लगानीकर्ता सकारात्मक सन्देश गएको देखिन्छ । सरकारले समेत लगानीकर्तालाई लगानी भित्रयाउनका लागि सहजताको रोड म्याप बनाएकै कारण समेत पछिल्लो सयम बैदेशिक लगानीकर्ताहरुले नेपालमा लगानी गर्नका लागि इच्छुक देखिएका हुन । सरकारी अधिकारीहरुले दाबी गरेजस्तो अझै सहज त छैन, यद्यपी विगतमा भन्दा पछिल्ला समयमा केही सहजता भएपछि विदेशी लगानी आउन थालको हो ।

विगतलाई हेर्ने हो भने लगानीकर्तालाई मुख्य समस्याको रुपमा दर्ता प्रक्रिया, रोजगार अनुमति तथा भिसा प्रक्रियामा रहेको झन्झट, लगानीकर्ताको नाफा लैजाने प्रक्रिया, जस्ता समस्याको लागि विभिन्न स्थानमा धाउने पर्ने बाध्यता रहदै आएको थियो । पछिल्लो समय विभागको एकल विन्दु सेवाकेन्द्रबाटै हुने थालेपछि केही सुधार देखिएको हो । तर, पछिल्लो समय लगानी प्रतिवद्धतामा सुधार देखिएपनि सन्तोष मान्ने अवस्था छैन । सरकारले अघि सारेको आर्थिक समृद्धिको यात्रालाई लक्ष्यमा पुराउन अझै विदेशी लगानी मुलुकभित्र भित्रिने वातावरण बनाउन सक्नुपर्छ । पर्याप्त लगानीबाट मात्रै आर्थिक विकास रोजगारी गरिबी निवारण लगायतका समस्या हल गर्न सकिन्छ । यसतर्फ राज्यले अझै मेहनत गर्न आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com