ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक वर्ष पछि नेकपाको स्थायी कमिटी बैठक सुरु, के भन्छन नेताहरु (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ३० मंसिर । ठ्याक्कै एक वर्ष पछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । बैठक निरन्तर बस्न नसकेको भन्दै कतिपय स्थायी कमिटी सदस्यहरुले असन्तुष्टि जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक एक वर्ष पछि आइतबारबाट शुरु भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बसेको छ । बैठकमा अध्यक्षद्धयको तर्फबाट प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै लामो समयसम्म बैठक बस्न नसकेकोमा क्षमा समेत मागेका छन् । स्थायी कमिटी बैठकको पहिलो दिन राजनीतिक प्रतिवेदनमाथिको छलफल, विधान संशोधन, नेपाल भारत सिमा समस्या, आगामी केन्द्रीय कमिटीको बैठक र विविध विषयमाथि छलफल हुने कार्यसूची पास भएको छ ।

अध्यक्षद्धयको तर्फबाट प्रचण्डले प्रस्तुत गरेको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा अन्र्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन र राजनीतिक परिस्थिती, राष्ट्रिय परिस्थिती, सरकारको कामको समिक्षा, उपनिर्वाचनको समिक्षा, र सचिवालयले हालसम्म गरेका निर्णयको अनुमोदनको विषय समेटिएका छन् ।

स्थायी कमिटी सदस्यहरुले बैठकको प्रारम्भमै बैठक ढिलो बस्नुको कारणबारे प्रश्न उठाएका छन् । र उचित जवाफको माग गरेका छन् । पार्टीका बैठकहरु नियमित नभइरहेको, सचिवालयले मात्र सबै निर्णय गर्ने गरेको, स्थायी कमिटीलाई निस्क्रिय जस्तै भएको भन्दै सदस्यहरुले निरन्तर बैठकको माग गर्दै आएका थिए ।

पार्टीको संगठनात्मक एकिकरणको बाँकी काम अबिलम्ब सक्ने भन्दै अघिल्लो स्थायी कमिटीको बैठकले निर्णय गरेको थियो । तैपनि हालसम्म एकिकरण प्रक्रियाका काम पुरा हुन अझै बांकी छन् । यो बैठकमा मुख्यगरी एकिकरण प्रक्रियामा भएको ढिलाईको विषयमा नेतृत्वसँग स्थायी कमिटी सदस्यले जवाफ माग्ने देखिएको छ । एकिकरणको ढिलाईको सम्बन्धमा राजनीतिक प्रतिवेदनमै समेटेर आत्माआलोचना गरिएको छ । बैठकमा आगामी दिनमा संगठनात्मक कामलाई सक्ने गरी नै छलफल हुने स्थायी कमिटी सदस्य छविलाल बिश्वकर्मा बताउंछन् ।

यस बैठक पछि पार्टीको नियमित बैठक बस्न झक्झकाउने तयारी नेताहरुले गरिरहेका छन् । यस्तै, सरकारको कामको प्रभावकारीताबारे पनि बैठकमा छलफल हुने विश्वास व्यक्त गर्छन् स्थायी कमिटी सदस्य लिलामणी पोखरेल ।

पार्टी एकिकरणको काम आधारभुत रुपमा सकिइसकेकोले आगामी केन्द्रीय कमिटीको बैठक अगावै बाँकी काम सक्नेगरी पार्टी अघि बढ्ने कतिपय नेताहरुले विश्वास गरेका छन् । बैठकपछि सरकार र पार्टीको बीच अझ बढी तालमेल भै सरकारले गरेको राम्रा कामबारे जनतालाई बुझाउन सकिने उनीहरुको विश्वास छ । सरकारको कामलाई प्रभावकारी रुपमा जनस्तरमा सम्प्रेषण गर्न नसकिएकैले सरकारको बिरोध भइरहेको जिकिर गरेका छन् सरकारको नेतृत्व गर्ने नेताहरुले ।

सिमा विवादमा रहेको कालापानी, लिपुलेकलाई फिर्ता ल्याउने गरी पार्टी बैठकमा दह्रो गरी राखिने पनि नेताहरुले बताएका छन् । रुथायी कमिटी बैठक केवल बैठक बस्नको निम्ति मात्रै नभई पार्टीलाई चलायमान बनाउन बसेको अपेक्षा गर्न सकिन्छ । यसैले, पोलिटब्युरो गठन गर्न, केन्द्रीय कमिटी बैठक राख्न, बाँकी काम सकि सरकारलाई समेत प्रभावकारी रुपमा कार्यसञ्चालन गराउन निर्देशन दिन सक्छ या सक्दैन त्यो भने केहि दिनमै देखिने नै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com