काठमाडौं, ३० मंसिर । गास, बास र कपासको प्रत्याभूति गराउनु लोककल्याणकारी राज्यको दायित्व भए पनि नागरिकले त्यसको अनुभुति समेत गर्न पाएका थिएनन् तर अब वर्षाैदेखि सडकमा बस्दै आएका नागरिकलाई मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरीको सहयोगमा काठमाण्डौ महानगर क्षेत्रलाई सडक मानवमुक्त बनाउन लागिएको छ ।
आइतबार काठमाडौ महानगरपालिकाले २५औ महानगर दिवसको अवसरमा सडकमा जीवन व्यतित गर्न बाध्य बेसहारा अभिभावकविहीन तथा सबै समुहका व्यक्तिलाई उचित बसोबास र स्याहारसुसारको व्यवस्थासहित सडक मानवरहित महानगरको घोषणा महाअभियान सुरु गरेको छ । भरतपुर महानगरबाट सुरु भएको यो अभियान नेपालका ७७ जिल्लामा सञ्चालन गर्ने भएको छ । काठमाडौ महानगरपालिकालाई सडक मानवरहित बनाउन र गास, बास र कपासबाट कसैलाई बन्चित हुन नदिन सडक मानवरहित महानगर बनाउने यो अयोजनालाई अघि सारेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।
कोही पनि बेसहारा, असहाय हुन नपरोस सबै लाई सबैलाई समान हक र अधिकारसहित बांच्न पाउन भन्ने उद्देश्यले मानव सेवा आश्रमको स्थापना भएको दाबी गरिएको छ । सडक पेटीमा अलपत्र परेका व्यक्ति, असहाय, अपांग, मनोरोगीको सब समूहका व्यक्तिको उद्धार गरेर मानवताको पहिचान दिइने मानव सेवा आश्रमका प्रमुख संरक्षक डाक्टर गोविन्द टण्डनले बताउंछन् ।
नागरिकलाई नागरिकको हकको अनुभूति दिने नाममा विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ । तर, एकपटक कार्यक्रम गरेपछि बिस्तारै सबै सेलाएर जाने प्रवृति देखिंदै आएको छ । काठमाडौं महानगर देशको संघीय राजधानी समेत भएको महानगर हो । यसैले यो महानगरमा कोही पनि खान, बस्न लाउन नपाउने अवस्था हुनुपर्छ । महानगरले अभियानै चलाएर सडक मानवमुक्त गर्न खोजेको छ । सडकमा पेशाको रुपमा मानिसलाई भीख माग्न लगाउने प्रवृत्तिलाई समेत महानगरले निरुत्साहित गर्न खोजेको छ । तर, यो अभियान प्रभावकारी रुपमा कार्यन्वयन हुन्छ या हुंदैन, विगतमा महानगरका नारा, प्रद्धिवतता र व्यवहार हेर्दा शंका गर्ने ठाउं बांकी नै छ ।
प्रतिक्रिया दिनुहोस्