धनुषा, ३० मंसिर । गएराती करिब ९ बजे जनकपुरको संकटमोचन मन्दिर नजिकै शंकास्पद वस्तु फेला परेको थियो भने विहानै जनकपुरकै सरस्वति स्कूल नजिकै शंकास्पद वस्तु फेला परेपछि आम नागरिकमा त्रास फैलिएको घटनापछि पुनः धनुषाको एक विद्यालयमै फेरी शंकास्पद वस्तु फेला परेपछि विद्यार्थीहरुमा भागमभाग भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं। ५ पर्वता स्थित रहेको उच्च मावि पर्वतामा विद्यालयको झयालमा शंकास्पद वस्तु फेला परेपछि विद्यार्थीहरुमा भागमभाग भएको छ भने गाउँलेहरुमा समेत त्रास मच्चिएको छ ।
विद्यालयको लेखा शाखाको झ्यालमा सेतो प्लास्टिकमा बेरिएर राखिएको वस्तु बम हुन सक्ने आशंकामा स्थानीय प्रहरीले विद्यालय खाली गराएको हो । विद्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने त्यहाँबाट विद्यार्थी सहित गाउँलेलाई पनि आवतजावत बन्द गरेको छ ।सेतो प्लाष्टिमा राखिएको संकास्पद वस्तु बम हो वा होईनन भनेर यकिन गर्न सेनाको बम डिस्पोज टोलीलाई खवर गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्