काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका गर्नुभएको छ । उहाले पेश गरेको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथि छलफल भोलि हुनेछ ।
पार्टी कार्यालय धुम्वाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको विधान संशोधन, सरकारको समीक्षा, आगामी ६ महिने कार्ययोजना, केन्द्रीय समिति बैठक बोलाउने लगायतका विषय समेटिएका छन् ।
वर्तमान परिस्थिति, राजनीतिक घटनाक्रम, पार्टीको आगामी नीतिलगायत विषय समेटिएको प्रतिवेदन प्रचण्डले पेश गरेका हुन् । आइतबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रचण्डले प्रतिवेदन पेश गरेका थिए। उक्त प्रतिवेदनमाथि सोमबारदेखि छलफल हुनेछ । करिब दुई घण्टा स्थायी कमिटी बैठक चलेर स्थगित भएको छ। नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ ।
आइतबार नै बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि पाँच एजेन्डा तय गरेको थियो । राजनीतिक प्रतिवेदन पेश, केन्द्रीय कमिटी बैठक बोलाउने, नेपाल९भारत सीमा विवाद, विधान संशोधन र अन्य एजेन्डा छलफलका लागि तय थिए । बैठकमा प्रचण्डले अध्यक्षद्वयको तर्फबाट १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । बैठक सोमबार बिहान ११ बजे पुन बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्