ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अकुपाई टुडिखेल अभियानको ३५ दिन, टुडिखेललाई व्यवस्थित बनाउन दवाबदिदै अभियातान्ताहरु (भिडियोसहित)


एबीसी न्यूज
मंसिर २९, २०७६ आईतबार  १२ : ४९ बजे

काठमाडौं , २९ मंसिर ।  खुलामञ्चलाई मानव साङ्लोले घेरेर गत कात्तिक २३ गतेदेखि सुरु गरिएको ‘अकुपाई टुडिखेल अभियान’ ३५ दिन पुगिसकेको छ । टुडिखेल बचाउ अभियानको लागि अभियान्ताहरुले बिभिन्न कार्यक्रम गर्दै महानगरपालिका लाई दवाव दिदै आएका छन । महानगरपालिकाले खुलामञ्च खाली गराउन सक्रियता नदेखाएको भन्दै अभियानकर्ताले शनिबार डोजर लगाएर सम्याउनुका साथै सरसफाइ गरेका छन ।

अकुपाईं टुंडिखेल अभियान अन्तर्गत शनिबार खुलामञ्चलाई डोजर लगाएर सम्याउनुको सरसफाई गरिएको छ । अभियानको छैठौ हप्ता पुग्दा समेत नियम निकायले त्यस स्थानमा रहेको बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल हटाउने अग्रसरता नदेखाएको आरोप लगाएका छन । टुडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान रुपमा रहेतापनि अक्रिमणकै कारण साघुरिदै गइरहेको छ ।

महानगरले त्यस स्थानमा दरबार हाइस्कूल र धरहरा पुनःनिर्माण, वीर अस्पतालका भवन निर्माणका सामग्री थुपारिएका कारण खुल्लामञ्ज अस्तव्यस्त बन्दै गएको छ । अस्तव्यस्त टुडिखेललाई व्यवस्थित बनाउनेका लागि दवाब स्वरुप अभियातान्ताहरुले बिभिन्न कार्यक्रम गर्दै आएका छन । ‘सफा, स्वच्छ खुला मञ्च कायम गरौ  खुला मञ्चको फोहोर कसिंगर जरै देखि उखेलेर फालौं’ भन्ने नारासहित शनिबार खुल्लामञ्चको सरसफाई गरिएको छ । टुंडिखेल टुंडिखेलजस्तै हुनु पर्छ भन्ने भावनाले अभियान सञ्चालन गरिएको काठमाडौं महानगरपालिका २८ का वडाध्यक्ष भाइराम खड्गीले बताए ।

अकुपाई टुंडिखेल अभियानका अभियान्ता सुशन वैद्यले खुल्लामञ्च महानगरको एकलौटी सम्पत्ति नभएको बताए । सार्वजनिक स्थानमा पद र शक्तिमा भएका व्यक्तिले सरसफाई लगायतका काम गर्नुपर्ने बताउँदै तीन करोड नेपालीको हक लाग्ने सम्पत्तिलाई महानगरले भाडा लगाउने काम बन्द गर्नु पर्ने बताए ।

अकुपाईं टुंडिखेल अभियान अन्तर्गत अभियानकर्ताहरुले टुंडिखेलमा बसपार्क, अनधिकृत पसल सञ्चालन तत्काल हटाउन माग गरेका छन । अभियान टुडिखेललाई संरक्षणकोृ लागि जनचेतनामुलक कार्यक्रम समेत गर्दै आएका छन । तर, काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने ‘अकुपाई टुँडिखेल अभियान’को सञ्चालन गर्नु कुनै अर्थ नरहेको बताएका छन । मेयर शाक्यले टुंडिखेल आसपासमा भवनको पुनःनिर्माणको काम भइरहेकाले निर्माण कार्य सम्पन्न भएसंगै टुंडिखेल पुरानै अवस्था आउने दाबी गर्छन् ।

चिन्ता र चासो भनेको टुंडिखेलको संरक्षण हो । सबैतिरे सम्पदाहरु मासिंदै गएका छन् । कतै बचेखुचेको टुंडिखेल पनि मासिएर सकिन्छ कि भन्ने चिन्ता आम नागरिकमा छ । यो चिन्ताको सम्बोधन छिटोभन्दा छिटो हुनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नयाँ मन्त्रीहरूको शपथ आजै

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक (सूचीसहित)

सम्बन्धित

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा हावाहुरीको सम्भावना

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com