ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहे गरेर ल्याएको भोलिपल्ट श्रीमतीको हत्या, खै त बुहारी ? भन्दा यस्तो भो


एबीसी न्यूज

 

धादिङ, मंसिर २९ । गएको मंसिर ९ गते धाङिको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले मकवानपुरकी २० वर्षीया अनिसा तामाङलाई बिहे गरी घर भित्र्याएका थिए ।

मंसिर १० गते दिउँसो अनिसालाई देखेका छिमेकीले ११ गते बिहान भने घरमा देखेनन् । उनीहरुले सोधे, ‘खै त बुहारी ?’

अर्जुनले जवाफ दिए, ‘माइती गएकी छे ।’ तर धेरै दिनसम्म पनि माइत गएकी भनेर ढाँटेपछि छिमेकीले शंका गर्न थाले । त्यसमाथि केही गन्हाएको पनि थाहा पाएपछि फेरि छिमेकीले सोधे, ‘के हो यस्तो बेस्सरी गन्हाएको ?’

अर्जुन र उनका केही आफन्तले गोरु मरेको हो भनेर छिमेकीलाई बताए । तर वरिपरि कसैको गाईगोरु पनि नमरेको र अनिसा धेरै दिनदेखि हराइरहेकाले उनको हत्या भएको छिमेकीले आशंका गरे ।

अर्जुनले बिहे गरेर ल्याएको भोेलिपल्ट राति अनिसाको घाँटी थिचेर हत्या गरेका रहेछन् । त्यसपछि उनले घटनालाई लुकाउन अनिसाको शव सेप्टिक ट्यांकीमा फालेर बेपत्ता बनाए ।

छिमेकीले घटनाबारे केही जानकारी पाएपछि प्रहरीलाई खबर गरे । गाउँलेले नै थाहा पाएपछि घटना बाहिर आएको सिद्धलेक गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष देवहादुर पुलामीले बताउनुभयो ।

गाउँलेहरुको सूचनाका आधारमा प्रहरीले अनिसाका श्रीमान अर्जुन थापा मगर, उनका काका ३२ वर्षीय छवि थापा मगर ४७ वर्षीय इन्द्र थापा मगरलाई पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट घटना हत्या भएकोले तीन जनालाई अनुसन्धानपछि कर्तव्य जान मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले जानाकारी दिनुभयो ।

शौचालयको सेप्टिक ट्यांकीको ढकनी खोलेर ब्ल्याङ्केटले बेरेर अनिसाको लास हालिएको अवस्थामा भेटिएको थियो । सेप्टिक ट्यांकीको ढकनी ठूलो भएकोले एक जनाले मात्र खोल्न सक्ने अवस्थामा नरहेकोले उनिहरु मिलेर हत्या गरेको अनुमान गरिएको प्रहरीले बताएको छ ।

शौचालयमा दिसापिसाब नगरेका कारण अभियुक्तले दिनदिनै धेरै पानी हालेर राख्ने गरेको गाउँलेले बताएका छन् । अहिले अनिसाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com