ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साग क्रिकेट : नेपाललाई ऐतिहासिक कास्य


admin
मंसिर २३, २०७६ सोमबार  ४ : २१ बजे

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ । तेस्रो स्थानका लागि भएको खेलमा नेपालले कमजोर प्रतिद्वन्दी माल्दिभ्सलाई नेपालले ५ विकेटले हरायो ।सोमबार भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपालले कास्य पदक हात पारेको हो । माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका आरिफ शेखले सर्वाधिक ३२ रनको बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२ रनको योगदान दिए । यस्तै रोहित पौडेल १५ र पवन सर्राफ १० रनमा अविजित रहे । बिनोद भण्डारीले १२ रनको योगदान गरे । माल्दिभ्सका उमर अदमले ३ विकेट लिए । यसअघि कीर्तिपुरस्थित टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिसवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । अमिल माउरुफले १३ रन जोडे ।

नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए । सन् २०१० मा पहिलो पटक क्रिकेट समावेश गरिएको सागमा नेपाल चौथौ स्थानमा सिमित बनेको थियो । पुरुषतर्फको स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

आइपीएल क्रिकेटमा चेन्नईको पहिलो जित, पञ्जाबले हैदराबादलाई हरायो

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई हरायो

प्रधानमन्त्री कप क्रिकेटमा बागमती र मधेश प्रदेश विजयी

आईपीएल क्रिकेटमा बैंगलुरुले लगातार दोस्रो जित निकाल्दा लखनउले खाता खोल्यो

सुदूरपश्चिमले बागमतीलाई ४६ रनमै अलआउट गर्‍यो, हेमन्त धामीले ७ विकेट लिए

आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो हार : पञ्जाब ५ विकेटले विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com