बंगलादेशलाई हराउँदै नेपाल साग फुटबलको फाइनलमा



 

काठमाडौं, २२ मंसिर। दक्षिण एसियाली सागमा नेपाल लगातार दोस्रो पटक फुटबलको फाइनलमा पुगेको छ ।आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ ।त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले नै अग्रता लिइको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले ११ औं मिनेटमा गोल गरेका हुन् । दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो र १० कै अन्तरमा खेल जित्यो भने पहिलो हाफमा नेपालले केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेन ।

    Comment Here!


सम्बन्धित समाचार

View All