काठमाडौं, २१ मंसिर । पर्यटनमन्त्री योगेशकुमार भट्टराईले निजगढ विमानस्थलको विषयमा बहस गर्न तयार रहेको बताउनु भएको छ । आइकाओको स्थापना दिवसको उपलक्ष्यमा आयोजिक कार्याक्रममा मन्त्री भट्टराईले यस्तो बताउनु भएको हो । पर्यटन मन्त्री भट्टराईले अनुमती मिले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको सन्दर्भमा सर्वोच्च अदालतमा बहसका लागि तयार रहेको बताउनु भएको हो । राष्ट्रिय महत्व र देशको भविष्यसंग जोडिएका कारण आफैं बहसमा जान तयार रहेको बताउनु भएको हो । निजगढ विमानस्थल निर्माणबारे बाहिर फैलाइएका अफवाह हटाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
‘राज्यका कुनै पनि निकाय यो आयोजनामा अवरोधक बन्दैनन् भन्दै सर्वोच्च यसमा विषयमा क्लियर हुन खोजेको बताउनु भयो । निजगढबारे सर्वाेच्चलाई स्पस्ट बनाउनु सरकारको दायित्व भएको उहांले बताउनु भयो ।सर्वोच्चले आयोजना नबनाऊ नभनेको भन्दै छलफलमा बोलाउँदैमा आयोजनाको पूर्वतयारीका काम नरोकिने मन्त्री भट्टराइले दाबी गर्नुभयो आयोजनामा काट्ने रुखको संख्या, वातावरण विनासमा अनावश्यक डाटा बाहिर ल्याएर अफवाह फैलाइएको भन्दै उहांले नागरिक उड्डयन क्षेत्रका बिज्ञले अफवाह चिर्ने गरी अभियान थाल्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्