ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सावित्रा भण्डारीको ‘ह्याट्रिक’मा नेपाली महिला फुटबल टिम फाइनलमा


admin

काठमाडौं, १९ मंसिर । आयोजक नेपाल पोखरामा जारी १३औँ दक्षिण एशियाली खेलकूद साग को महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाभित्रको फुटबल मैदानमा आज आफ्नो दोस्रो खेलमा नेपाल सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गरी लिग चरणको एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो ।

यसअघि श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको नेपालले शनिबार भारतविरुद्ध हुने लिगको अन्तिम खेल अगावै छ अङ्क जोड्दै फाइनलमा स्थान पक्का गरेको हो । नेपाललाई फाइनलमा पु¥याउने क्रममा भण्डारीले खेलको मध्यान्तरअघि दुई तथा पछि एक गोल गरी ह्याट्रिक पूरा गर्नुभयो । सावित्राले खेलको १८ औँ मिनेटमा अनिता बस्नेतको पासको सहयोगमा हेडमार्फत गोल गरी टोलीका लागि गोलको खाता खोल्नुभयो । पहिलो गोलको चार मिनेटपछि प्राप्त अवसरलाई सदुपयोग गरी भण्डारीले अग्रता दोब्बर पार्नुभयो ।

मध्यान्तरपछिको इन्जुरी समयमा विपक्षी खेलाडीले पेनाल्टी बक्समा भण्डारीलाई फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । सो अवसरलाई भण्डारीले खेर फाल्नुभएन र टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाउँदै फाइनलमा पु¥याउनुभयो । आयोजक नेपालसहित भारत, श्रीलङ्का र माल्दिभ्स गरी चार देशको सहभागिता रहेको प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा खेलाइएको थियो । प्रतियोगितामा श्रीलङ्का र माल्दिभ्सलाई पराजित गरेर छ अङ्क जोडेको भारतसमेत यसअघिनै फाइनलमा प्रवेश गरिसकेको छ ।

दुवै टोलीले फाइनलमा स्थान पक्का गरिसकेकाले शनिबार नेपाल र भारतबीच हुने लिग चरणको खेल औपचारिक मात्र हुनेछ । यही मङ्सिर २३ गते नेपाल र भारतका महिला फुटबल टिमले फाइनलमा स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन् ।खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले महत्वपूर्ण तीन अङ्क जोड्ने रणनीतिसहित मैदानमा उत्रिएको बताउँदै लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गर्नुभयो । आफूहरुको ध्यान अब फाइनलमा केन्द्रित भएको बताउँदै उहाँले लिगको अन्तिम खेलमा केही महत्वपूर्ण खेलाडीलाई विश्राम दिने सङ्केत गर्नुभयो ।

माल्दिभ्सका प्रशिक्षक अहमद नासिदले बलियो नेपाली टोलीलाई जित्ने लक्ष्यअनुसार आफ्नो टोलीले प्रयास गरे पनि सफल हुन नसकेको प्रतिक्रिया दिनुभयो ।

महिला फुटबलमा सावित्राको कीर्तिमान

नेपाली महिला फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारीले महिला फुटबलमा सर्वाधिक गोल सङ्ख्याको कीर्तिमान कायम गर्नुभएको छ । आज माल्दिभ्स विरुद्धको खेलमा ह्याट्रिक गरेसँगै भण्डारीले नेपालका पूर्वकप्तान अनु लामासँगको ३५ अन्तर्राष्ट्रिय गोलको बराबरी तोडेर नयाँ कीर्तिमान कायम गर्नुभएको हो । यससँगै भण्डारीको अन्तर्राष्ट्रिय खेलमा गोल सङ्ख्या ३८ पुगेको छ ।

सन् २०१४ मा पाकिस्तानको इस्लामाबादमा सम्पन्न तेस्रो साफ च्याम्पियनसीपमा पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउनुभएकी सावित्राले भुटान विरुद्धको आफ्नो ‘डेब्यु’ खेलमै गोल गरेपछि उहाँ नेपाली फुटबलमा चर्चाको शिखरमा पुग्नुभयो । डेब्यु खेलमै गोल गर्नु जुनसुकै खेलाडीका लागि पनि कठिन हुने गरे पनि उहाँले त्यो अवसर प्राप्त गर्नुभयो । त्यसयता सावित्रा लगातार नेपाली टोलीको मुख्य खेलाडीका रूपमा रहँदै आउनुभएको छ ।

भारतको गुहावटीमा सन् २०१६ मा भएको १२ औँ सागमा उहाँले दुई गोल गर्नुभयो भने सोही वर्ष भारतमा सम्पन्न साफ च्याम्पियनसीपमा सर्वाधिक १२ गोल गर्नुभयो । त्यसक्रममा उहाँ भुटान विरुद्ध दोहोरो ह्याट्रिक र माल्दिभ्स विरुद्ध पाँच गोल गर्न सफल हुनुभएको थियो । सावित्राले सन् २०१८ को ओलम्पिक छनोटमा दुई तथा सन् २०१९ मा किर्गिस्तानमा सम्पन्न नादेज्दा कपमा सात गोल गर्नुभएको थियो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उहाँको गोल सङ्ख्या दुई रहेको छ ।गोल सङ्ख्यामा कीर्तिमान राखे पनि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि हासिल नगराउँदासम्म आफ्नो सपना साकार नहुने भण्डारीको भनाइ छ । नेपाल महिला फुटबलमा हालसम्म खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भारतसँग पराजित हुँदै उपाधिबाट विमुख हुँदै आएको छ ।

सागमा नेपालको मुख्य प्रतिस्पर्धी रहेको भारतलाई घरेलु मैदानमा पराजित गरेर स्वर्ण पदक जित्ने भण्डारीको लक्ष्य छ । उहाँ भन्नुहुन्छ, “मैले नयाँ कीर्तिमान कायम गरेको छु तर देशलाई उपाधि हासिल नगराउँदासम्म त्यसको सार्थकता छैन । प्राप्त अवसरलाई सदुपयोग गर्दै टोलीलाई उपाधि दिलाउन म लाग्नेछु ।”जारी प्रतियोगिताको पहिलो खेलमा श्रीलङ्का विरुद्ध गोल गरेर कीर्तिमान कायम गर्ने लक्ष्य पूरा नभए पनि प्राप्त अवसरले औधी खुशी लागेको उहाँको भनाइ छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक खड्काले भण्डारीले महिला फुटबलमा नयाँ कीर्तिमान राखेकोमा बधाई दिँदै समग्र टोलीको कुशल प्रदर्शनले खेलाडीलाई सफल बनाउँदै लगेको उल्लेख गर्नुभयो । भण्डारीमाथि नेपाली फूटबलको ठूलो भरोसा रहेको चर्चा गर्दै उहाँले त्यो विश्वास र भरोसालाई पूरा गर्न उहाँ सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com