ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेह्रौँ साग : नेपालले जित्यो चौथो स्वर्ण


admin

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले चौथो स्वर्ण जितेको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत करा“तेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो । रजतमा चित्त बुझाएको पाकिस्तानको २३.३ अंक बनाएको छ । तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् । उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाएका छन् । सात दोवाटोस्थित करांते हलमा आज बिहान भएको करांतेको एकल कातातर्फ नेपालका मण्डयकाजी श्रेष्ठले स्वर्ण जितेका हुन् ।

मण्डेले पाकिस्तानका नियममातुल्लाहलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भए । मण्डेले २५.७२ अंक जोडे । पाकिस्तानका खेलाडीले भने २४.९२ अंक मात्र जोड्न सके । यस्तै, करांतेकै व्यक्तिगत कातामा महिलातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी छिन् । योसगै नेपालले एक स्वर्ण र १ रजत हात पारेको छ । दनुवारले बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन् । यससंगै सागमा नेपालको तीन स्वर्ण, दुई रजत र एक कास्य पदक भएको छ ।

१३ औं दक्षिण एसियाली खेदकुद (साग) अन्तरगत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ ।
अन्जली चन्दको कीर्तिमानी बलिङसँगै महिला क्रिकेटमा नेपालले शानदार जीत निकालेको हो । पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पुरा र्गयो । काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो । नेपालको शानदार जितमा बलर अञ्जली चन्दको कीर्तिमानी बलिङ रहृयो । खेलको छैटौं ओभरमा बलिङमा आएकी उनले एक रन पनि नदिई तीन विकेट लिइन् । नवौं ओभरमा पनि दुई विकेट लिइन् । ११ औं ओभरको पहिलो बलमै विकेट लिँदै उनले हृयाट्रिक पूरा गरिन् । जम्मा २.१ ओभर बलिङ गरेकी उनले एक रन पनि दिइनन् र ६ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com