
काठमाडौं, १२ मंसिर । भूमिसम्बन्धी एकीकृत विधेयक ल्याउन सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।
सैद्धान्तिक सहमति दिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले जानकारी दिनुभयो। मन्त्रिपरिषदको पछिल्लो बैठकले गुठी विधेयक पनि एकीकतृ विधेयकमै समेटिने प्रवत्ता बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले यसअघि ल्याएको गुठी विधेयकको चर्को आलोचना भएको थियो भन्दै काठमाडौंमा विधेयकको विरोधमा आन्दोलन नै चर्किएपछि सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।







प्रतिक्रिया दिनुहोस्